emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कोटेश्वरमा ‘जेन्जी चोक’ घोषणा कार्यक्रममाथि प्रहरी हस्तक्षेप, प्रवक्ता अविन लिम्बू पक्राउ

source e-Madhesh २०८२ आश्विन २७ गते , सोमबार
0
Shares
31
Views
कोटेश्वरमा ‘जेन्जी चोक’ घोषणा कार्यक्रममाथि प्रहरी हस्तक्षेप, प्रवक्ता अविन लिम्बू पक्राउ

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, २७ असोज ।
 राजधानीको कोटेश्वर तीनकुने क्षेत्रमा आइतबार आयोजित ‘जेन्जी चोक’ घोषणा कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरी हस्तक्षेपपछि जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि) का प्रवक्ता अविन लिम्बू, अरिश तिवारी र सुनील सिंहलाई पक्राउ गरिएको आयोजकले जनाएको छ।
जेन्जी २.० ले तीनकुने चोकलाई ‘जेन्जी चोक’ घोषणा गर्दै सार्वजनिक रूपमा साइनबोर्ड राख्ने तयारी गरेको थियो। ‘रगत बग्यो देशका लागि, अब रक्षा हाम्रो जिम्मेबारी’ भन्ने नारासहित तयार गरिएको साइनबोर्डमा नेपालको झण्डा, आन्दोलनका क्रममा भाइरल भएको रगताम्य जुता, र जेन्जी २.० को नाम उल्लेख गरिएको थियो। तर, कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले स्थलमै पुगेर बोर्ड हटाएको र सहभागीहरूलाई नियन्त्रणमा लिएको हो।
कार्यक्रम आयोजक समितिका सल्लाहकार डा. हरिबहादुर कार्कीका अनुसार कार्यक्रममा प्रशासनबाट अनुमति लिएर मात्रै कार्यक्रम गरिएको थियो। “हामीले अनुमति लिएर दीप प्रज्ज्वलन र चोक घोषणा गर्न लागेको थियौं, तर प्रहरीले अनावश्यक हस्तक्षेप गरी बोर्ड खोसियो र प्रवक्ता लिम्बूसहितलाई पक्राउ ग¥यो,” उनले भने।
तर, काठमाडौं प्रहरी परिसरका अधिकारीले भने कार्यक्रमको अनुमति दीप प्रज्ज्वलनका लागि मात्र भएको र जिल्ला प्रशासन कार्यालयको आदेशविपरीत ‘सार्वजनिक प्रदर्शन’ गर्न खोजेकाले पक्राउ गरिएको बताएका छन्। उनका अनुसार काठमाडौं उपत्यकामा हाल कुनै पनि प्रकारको राजनीतिक सभा वा प्रदर्शन गर्न नपाइने आदेश जारी छ।
जेन्जी २.० का सदस्यहरूका अनुसार, उक्त चोक घोषणा कार्यक्रम जेन्जी आन्दोलनका शहीदहरूको सम्झनामा गरिएको थियो। “शहीदहरूको बलिदानलाई सम्झने र उनीहरूको अधुरा माग पूरा गराउने हाम्रो प्रतिबद्धता हो,” आयोजकहरूले भने। कार्यक्रममा शहीद परिवार, घाइते सदस्य, अभियन्ता र समर्थकहरूको बाक्लो उपस्थिति थियो।
सोही अवसरमा जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि) ले राष्ट्रिय समिति गठन गरेको पनि घोषणा गरेको छ। समूहको आधिकारिक कार्यालय काठमाडौंको महाराजगञ्जमा रहेको जनाएको छ।
यस घटनापछि जेन्जी २.० का समर्थकहरूले प्रहरीको कार्यप्रति आपत्ति जनाउँदै आन्दोलनको तयारी थालेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव