emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जेन्जी २.०द्वारा विभिन्न विभाग सार्वजनिक, राष्ट्रिय भेलाको आह्वान

source e-Madhesh २०८२ आश्विन २५ गते , शनिबार
2
Shares
22
Views
जेन्जी २.०द्वारा विभिन्न विभाग सार्वजनिक, राष्ट्रिय भेलाको आह्वान

काठमाडौं । जेन्जी २.० ले संगठनलाई सुदृढ र व्यवस्थित बनाउन विभिन्न विभागहरू सार्वजनिक गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अविन लिम्बुले जेन्जीको नाममा विदेशस्थित राजदूतावासहरूमा गएर मन्त्री वा पद माग्नेहरूका कारण संगठन बदनाम भएको भन्दै चेतावनी दिए । लिम्बुले सार्वजनिक गरेका अनुसार, सदस्य सचिवमा कुन्दन कुशवाहा, प्रवक्ता तथा वार्ता समिति प्रमुखमा अविन लिम्बु, विज्ञ टोली प्रमुखमा पूर्व आइजीपी सर्वेन्द्र खनाल, जनसम्पर्क विभागमा त्रिदेव भट्टराई, घाइते योद्धा तथा सहिद परिवार समन्वय विभागमा संजय पौडेल, भ्रष्टाचार नियन्त्रण विभागमा प्रज्वल लामा र सिताराम राई, प्रचार विभागमा विजय पराजुली तथा सचिवालय परिचालनमा रविनकुमार साह जिम्मेवार तोकिएका छन् । जेन्जी २.० ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेको छ । साथै, भ्रष्टाचारमा शून्य सहनशीलता नीति, जेन्जी पुस्ताहरूको एकता, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, अन्तरिम संविधान जारी तथा एनजीओ–आइएनजीओ खारेज गर्नेजस्ता मागहरू अघि सारेको छ । संगठनले यी मागहरू पूरा नभए फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन विथोल्ने चेतावनीसमेत दिएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव