emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

 जेनजी पुस्ताका नेता पप्पु कुमार यादवद्वारा वडा कार्यालयलाई कुर्सी हस्तान्तरण

source e-Madhesh २०८२ आश्विन २२ गते , बुधबार
4
Shares
105
Views
 जेनजी पुस्ताका नेता पप्पु कुमार यादवद्वारा वडा कार्यालयलाई कुर्सी हस्तान्तरण

उमेश कुमार यादव,
राजविराज, २२ असोज ।
 बोदेबर्साइन नगरपालिका–१० खडगपुरका जेनजी पुस्ताका नेता पप्पु कुमार यादवले वडा कार्यालयलाई १० वटा कुर्सी सहयोग गरेका छन्।
बोदे बर्साइन नगरपालिका वार्ड नम्बर १०  मा भदौ २४ गते साँझ तिर जेनजीको  नाममा केहि व्यक्तिहरु राजनीतिक प्रतिशोधको कारण  वडा कार्यालयमा आगजनी गरेपछि वडा कार्यालयको समानहरु जलेर नष्ट भएको थियो ।
वडा कार्यालयमा काम कार्य गर्ने आउने सेवाग्राही तथा कार्यालय प्रमुख, सचिव, कर्मचारीहरु समेत बस्ने अवस्था नरहेको हुँदा  जेन्जी पुस्ताको स्थानिय नेता पप्पु कुमार यादव  द्वारा १० वटा कुर्सी वडाका निमित  वडा अध्यक्ष  श्रीमती नीलम देवी दास र  सचिव कमलेश यादवलाई हस्तान्तरण गरेका छन् ।
सो हस्तान्तरण कार्यक्रममा  वडा कार्यलय कर्मचारीहरु हरेराम चौधरी, प्रमोद कुमार साह, पशु चिकित्सक रविन्द्र कुमार यादवलगायत स्थानीय युवाको उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्दै कार्यवाहक वडाअध्यक्ष दासले वडा कार्यालयको दैनिक कार्य सञ्चालन सहज हुने बताउँदै यादवप्रति आभार व्यक्त गरिन्। उनले युवाहरूबाट यस किसिमको सामाजिक सहयोग प्रेरणादायी रहेको टिप्पणी गरिन्।
जेनजी पुस्ताका नेता पपु कुमार यादवले स्थानीय स्तरमा विकास र सुधारका लागि आफ्नो योगदान सधैं जारी रहने बताए ।
यसरीनै वडाका सदस्य मौखली मियाँले भने वडा कार्यलयमा आगजनी भई कार्यलय संचालन गर्न कठनाई भईरहेको अवस्थामा ठुलो सहयोग पुग्ने बताएका छन । नेता यादवलाई धन्यवाद समेत दिएका छन । 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव