ई-मधेश न्युज
दिपावली–छैठको अवसरमा बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न
उमेश कुमार यादव,
राजविराज, २० असोज ।
आगामी दिपावली तथा छैठ पर्वको अवसरमा जनता समाजवादी पार्टी (ज.स.पा.) नेपालले खडक नपा –८ भदेयाको कर्भड हलमा शुभकामना आदानप्रदान तथा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि ज.स.पा. नेपालका केन्द्रीय अध्यक्ष माननीय उपेन्द्र प्रसाद यादवले पार्टीमा नयाँ प्रवेशकर्ताहरूप्रति स्वागत व्यक्त गर्दै समाजमा समानता, न्याय र समावेशी विकासका लागि सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गर्नुभयो।
उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र कुमार सिंह यादव, केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य माननीय अनिरुद्ध प्रसाद सिंह यादव, केन्द्रीय सदस्य डा. बबि सिंह यादव, बोदे बर्साइन नगरपालिका का मेयर श्री आतेश कुमार सिंह यादव, र नगर अध्यक्ष श्री अमरेन्द्र प्रसाद यादव लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा नेता इस्लाम मियाँको नेतृत्वमा सयौं कार्यकर्ताहरूले जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन्। नयाँ प्रवेशकर्ताहरूले पार्टीको नीति, विचारधारा र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै समान अधिकार, संघीयता र सामाजिक न्यायका पक्षमा प्रतिबद्धता जनाएका छन्।
विभिन्न तहका स्थानीय नेताहरूले कार्यक्रममा बोल्दै आउँदो दिपावली र छैठ पर्वले समाजमा आपसी सद्भाव, एकता र भाइचाराको सन्देश फैलाउने विश्वास व्यक्त गरेका छन्।