ई-मधेश न्युज
राजविराजमा इन्टेलेक्चुअल फाउण्डेशन नेपालको दोस्रो साधारण सभा सम्पन्न
राजविराज, १७ असोज । इन्टेलेक्चुअल फाउण्डेशन नेपालको दोस्रो साधारण सभा शुक्रबार राजविराजमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष डा. सूर्य प्रसाद यादवको अध्यक्षता तथा लुम्बिनी विश्वविद्यालयका पूर्व–रजिष्ट्रार प्राडा. पिताम्बर यादवको प्रमुख आतिथ्यमा उक्त सभा आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. यादवसहित विशिष्ट अतिथिहरू—डा. दिपक चौधरी, नेपाल प्रज्ञा–प्रतिष्ठानका उप–प्रमुख अशोक चौरसिया, मधेश प्रज्ञा–प्रतिष्ठानका सञ्चालक समिति सदस्य दिनेश प्रसाद यादव, राजविराज नगरपालिकाका योजना प्रमुख मनोज यादव र बोदेबर्साइन नगरपालिकाका शिक्षा शाखा प्रमुख रामसागर यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा डा. दिपक चौधरीले ‘जेनजी आन्दोलन र वर्तमान अवस्थामा शैक्षिक सुधारको बाटो’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। सभाले पुनः डा. सूर्य प्रसाद यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको फाउण्डेशनले जनाएको