emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादवसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट

source e-Madhesh २०८२ आश्विन १० गते , शुक्रबार
0
Shares
36
Views
उपराष्ट्रपति यादवसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट

लिलाकान्त यादव,
काठमाडौं, १० असोज ।
नेपालका लागि रुसी महासंघका महामहिम राजदूत एलेक्सी नोभिकोभले शुक्रबार उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवसँग शिष्टाचार विदाई भेट गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सम्पन्न उक्त भेटका क्रममा नेपाल–रुसबीचको मित्रवत् सम्बन्ध, पारस्परिक सहयोग र आगामी सहकार्यका सम्भावनाबारे चर्चा भएको थियो।
उपराष्ट्रपति यादवले १९५६ देखि स्थापित कूटनीतिक सम्बन्ध आपसी सम्मान र विश्वासमा आधारित रहेको स्मरण गर्दै राजदूत नोभिकोभको कार्यकालमा दुई मुलुकबीचको सम्बन्ध थप सुदृढ बनेको उल्लेख गरे। उहाँले नेपाल–रुस साझेदारीलाई नेपालको दीर्घकालीन विकास, विशेषगरी पूर्वाधार र मानव संसाधन निर्माणमा महत्वपूर्ण ठहरिएको बताए। राजदूत नोभिकोभको योगदानको प्रशंसा गर्दै उपराष्ट्रपतिले उहाँको भविष्य सफलताको शुभकामना व्यक्त गरे।
यस अवसरमा उपराष्ट्रपति यादवले उच्चस्तरीय भ्रमण आदानप्रदान, आपसी सहयोग र शैक्षिक अवसरले नेपाल–रुस मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गरे। उनले नेपाल र रुसी महासंघबीचको सहकार्यमा निरन्तर सकारात्मक प्रगति हुनेमा आफू आशावादी रहेको बताए।
राजदूत नोभिकोभले आफ्नो कार्यकालमा प्राप्त अनुभव साझा गर्दै, दुबै मुलुकबीच मनी ट्रान्जेक्सनको व्यवस्था अघि बढाइएको र निकट भविष्यमा सिधा हवाई उडान सुरु गर्ने तयारी भइरहेको जानकारी दिए। साथै, उनले रुसमा अध्ययनरत नेपाली विद्यार्थीलाई थप छात्रवृत्ति उपलब्ध गराउनेबारे पहल भइरहेको बताए।
त्यसैगरी, उनले मधेश प्रदेशको वीरगन्जस्थित चिनी मिल पुनः सञ्चालनका लागि रुसी सरकारलाई सुझाव प्रेषित गरिसकेको र स्वदेश फर्केपछि यस विषयमा थप पहल गर्ने आश्वासन दिए।
भेटवार्ताले नेपाल–रुस सम्बन्धलाई भावी दिनमा अझ गहिरो र परिणाममुखी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव