ई-मधेश न्युज
सनोज महतको उम्मेदवारी घोषणा: कार्यकारी राष्ट्रपति र गैरदलीय स्थानीय सरकार मुख्य एजेण्डा
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०९ असोज ।
सनोज महतले ललितपुर क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरे।
महतले कार्यकारी राष्ट्रपति व्यवस्था र गैरदलीय स्थानीय सरकारलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन्। उनका अनुसार दलतन्त्रको नाममा नेतातन्त्र थोपारिँदा देश भ्रष्टाचारको आहालमा फसिएको छ। जेनजी आन्दोलन त्यसैको परिणाम भएको उल्लेख गर्दै उनले आन्दोलनको मागलाई समर्थन गर्ने बताए।
उम्मेदवारी घोषणामा महतले भ्रष्टाचारविरुद्ध कडा कारबाही, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली, गैरदलीय स्थानीय तहको अभ्यासलाई संस्थागत गर्ने प्रतिबद्धता जनाए। साथै, दक्षिण ललितपुरका तीन पालिकालाई छुट्टै निर्वाचन क्षेत्र बनाउन र खानी–क्रसरलाई व्यवस्थित गरी राजस्व संकलन बढाउने योजना सार्वजनिक गरे।