emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जसपा नेपालको केन्द्रीय समिति बैठक ः आन्दोलन मूल्याङ्कन, भ्रष्टाचार छानबिन र संगठन सुदृढीकरणमा जोड

source e-Madhesh २०८२ आश्विन ७ गते , मंगलबार
0
Shares
41
Views
जसपा नेपालको केन्द्रीय समिति बैठक ः आन्दोलन मूल्याङ्कन, भ्रष्टाचार छानबिन र संगठन सुदृढीकरणमा जोड


लिलाकान्त यादव,
काठमाडौं, ०७ असोज ।
 जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक २०८२ असोज ५ गते अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको छ । बैठकले हालैको न्भल–श् आन्दोलन, विगतका आन्दोलनहरू, देशको राजनीतिक अवस्था र पार्टीको आगामी कार्यदिशा सम्बन्धमा विस्तृत निर्णय गरेको छ ।
बैठकले २००७ सालदेखि हालसम्म भएका प्रमुख आन्दोलन र ऐतिहासिक परिवर्तनहरूको समीक्षा गर्दै, नेपाली कांग्रेस र कम्युनिस्ट नेतृत्वका सरकारहरू भ्रष्टाचार, बेरोजगारी, असमानता र कुशासन अन्त्य गर्न असफल भएको ठहर गरेको छ । बैठकले विगतका सरकारले महंगी, कमिशनतन्त्र, उद्योग धन्दा बन्द, वैदेशिक रोजगारीमा निर्भरता र शिक्षा–स्वास्थ्यमा असमान पहुँच जस्ता समस्यालाई झन् गहिरो बनाएको निष्कर्ष निकालेको छ ।
२०८२ भदौ २३ र २४ गते भएको न्भल–श् युवा आन्दोलनको सन्दर्भमा जसपाले सरकारले दमनकारी नीति अपनाएको आरोप लगाएको छ । बैठकले आन्दोलनका क्रममा दर्जनौं युवाको मृत्यु, हजारौं घाइते र खरबौंको सम्पत्ति नष्ट भएकोमा गम्भीर चिन्ता व्यक्त गर्दै, यसबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ । साथै, आन्दोलनमा सहभागी युवाले उठाएका मागहरू जसपाको एजेन्डासँग मेल खाने भएकाले पार्टीले ती मागलाई निरन्तर उठाउने प्रतिबद्धता जनाएको छ ।
बैठकले आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट नष्ट भएका सार्वजनिक तथा निजी सम्पत्तिको पुनर्निर्माणमा पहल गर्ने निर्णय गरेको छ । साथै, भ्रष्टाचार सम्बन्धी विगतका सबै काण्डहरूको छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउनुपर्ने ठहर गरेको छ ।
राजनीतिक कार्यनीतिका सन्दर्भमा जसपाले संविधान संशोधन वा पुनर्लेखनमार्फत मात्र संघीयता, समावेशिता, सामाजिक न्याय र पहिचानका सवाल सम्बोधन गर्न सकिने भन्दै निर्वाचन प्रणाली सुधार र समान जनसंख्या आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग दोहोर्याएको छ । महिला, दलित, मधेशी, आदिवासी, मुस्लिमलगायत सिमान्तकृत समुदायका लागि आरक्षित निर्वाचन क्षेत्र र समानुपातिक पहुँच सुनिश्चित गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ ।
संगठनात्मक पक्षमा बैठकले दशैंपछि प्रदेश अधिवेशन, जिल्ला र बुथ तहसम्मको संरचना निर्माण, सदस्य परिचालन र प्रशिक्षण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । निर्वाचन लक्षित गतिविधिमा उम्मेदवार छनोट, प्रचारप्रसार, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन र मतदाता सचेतनामूलक कार्यक्रमलाई उच्च प्राथमिकता दिने उल्लेख गरिएको छ ।
बैठकले पार्टी एकता र सहकार्यबारे समेत निर्णय गर्दै समान विचार र एजेन्डा भएका दलसँग एकता खोज्ने तथा समान मुद्दा भएका दलसँग कार्यगत सहकार्य गर्ने तयारी गर्ने जनाएको छ । संघीय लोकतान्त्रिक मोर्चालाई अझै सशक्त बनाएर प्रतिगमनकारी शक्तिलाई परास्त गर्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।
बैठकले अन्त्यमा आन्दोलनका क्रममा शहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ । साथै, शहीद परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै उनीहरूको योगदानलाई स्मरण गर्ने निर्णय गरेको छ ।
 यसरी जसपा नेपालको बैठकले देशको राजनीतिक संकट, भ्रष्टाचार, असमानता र न्भल–श् आन्दोलनको प्रभावलाई समेट्दै आगामी दिनका लागि पार्टीको स्पष्ट कार्यदिशा तय गरेको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव