ई-मधेश न्युज
प्रधानमंत्री कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् विस्तार
लिलाकान्त यादव,
काठमाडौं, ०६ असोज ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै थप चार मन्त्री नियुक्त गरेकी छन्। नयाँ नियुक्तिसँगै मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ।
शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन, राज्य पुनर्संरचना आयोगका संयोजक मदन परियार र पत्रकार जगदीश खरेल छन्।
नवनियुक्त मन्त्रीहरू सबै दौरा–सुरुवाल र कालो भादगाउँले टोपीमा एकै स्वरूपमा शपथमा उपस्थित भएका थिए।
संविधानले प्रधानमन्त्रीसहित अधिकतम २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन सक्ने व्यवस्था छ। कार्कीले भने आफ्नो मन्त्रिपरिषद् ११ सदस्यमा सीमित रहने संकेत दिएकी छिन्।