ई-मधेश न्युज
पोर्ताहामा तिनवटा घरमा चोरी
भूपदेव माली
राजविराज, ०४ असोज ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं ३ पोर्ताहामा चोरहरूको बिगबिगी बढ्न थालेको छ।
शुक्रबार राति पोर्ताहा स्थित तीनजनाको घरमा चोरहरूले ताला तोडी हजारौं रकम बराबरको चोरी गर्न सफल भएको हो।
चोरी हुनेहरूमा बलराम खिडरी यादवको घरबाट २१ हजार नगद चोरी, जय प्रकाश खिडहरी यादवको घरको ताल्चा तोडेर भित्र छिरी केही सरसामानहरू चोरी एवं भरत खिडरी यादवको कोही नभएको घरमा ताला तोडी घरमा छिरी बक्साहरु तोडफोड गरी नगद तथा गरगहनाहरु खोज तलास गर्ने क्रममा कागजात तथा लुगाफाटाहरू छतविक्षत पारेका थिए।
जेन जी आन्दोलनको कारण सुरक्षा व्यवस्था सुस्त भएको अवस्थामा चोरहरूले मौका छोपी घटना गर्न सफल भएको स्थानीयहरूले बताए।
चोरीको घटनाबारे इलाका प्रहरी कार्यालयका प्रमुख प्रनानी गोविन्द घिसिङ सँग सोध्दा ’चोरी भएको हामीलाई कसैले जानकारी नै गराएको छैन , सोरीको घटना लुकाउनु भनेको चोरहरूलाई बढावा दिनु हो’ भन्ने प्रतिक्रिया दिए।
यता जयप्रकाश खिडरी यादवका छोरा ललन खिररी यादवसँग सोध्दा ’खै हाम्रो घरबाट गरियो खासै केही लगिएको छैन सोचेरै हामीले पुलिसलाई सूचना दिएन’ भन्ने प्रतिक्रिया दिए।