emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

खुला सिमाले नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाउन योगदान

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
27
Views
खुला सिमाले नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाउन योगदान

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, १४ माघ ।
 नेपाल–भारत खुला सीमा संवाद समूहले सीमाक्षेत्रको सामाजिक, सांस्कृतिक, र आर्थिक विशेषता उजागर गर्न ऐतिहासिक स्थानहरूको अवलोकन गरेको छ। वरिष्ठ पत्रकार चन्द्रकिशोरको नेतृत्वमा अध्यक्ष डा. राजीव झा, प्रवक्ता प्रमोद रंगीले, बाल अभियानी आदित्य झा लगायतको टोलीले विदेह नगरपालिका वार्ड नम्बर–२ दुहबीस्थित ऐतिहासिक दुर्गा मन्दिर र दुर्वासा ऋषिको गढको रूपमा परिचित दुर्वाशगढलगायतका क्षेत्रको निरीक्षण गरेको हो।
अध्यक्ष डा. झाका अनुसार दशगजामा युवाहरू आपसी भाइचाराको उदाहरण प्रस्तुत गर्दै क्रिकेट खेलिरहेको दृश्यले नेपाल–भारत खुला सिमाको विशिष्ट सम्बन्धको झलक प्रदान गरेको छ। साथै, घाम ताप्ने, जलावन सुकाउनेजस्ता दैनिकी कार्यले सीमाक्षेत्रको साधारण जनजीवनलाई प्रतिबिम्बित गरेको बताइएको छ।
नेपाल–भारत सीमामा अन्य देशहरूको सिमाना जस्तो कडा सुरक्षा र बन्दुकहरूको उपस्थिति नभई, परस्पर सहयोग र भाइचाराको वातावरण रहेको संवाद समूहको अवलोकनले देखाएको छ।
कृषि र परिवारको साझेदारीः सीमाक्षेत्रका किसानहरूका खेतहरू दुबै देशमा फैलिएका छन्। धेरै परिवारका सदस्यहरू नेपाल र भारतका दुई किनारामा बसोबास गर्छन्।
ऐतिहासिक सम्बन्धः यो सम्बन्ध सिमाना निर्धारण हुनुभन्दा पहिलेदेखिको साझा इतिहास र संस्कृति जोडिएको छ।
यस निरीक्षण भ्रमणले खुला सिमाले नेपाल–भारतबीचको सम्बन्धलाई अझ सुमधुर र गाढा बनाउने कुरा प्रस्ट पारेको छ। खुला सिमाको व्यवस्थाले सीमाक्षेत्रका जनताको साझा जीवनशैली, सांस्कृतिक आदानप्रदान, र आर्थिक सहकार्यलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेलेको छ।
नेपाल–भारत खुला सीमाले दुई देशबीचको विशेष सम्बन्धलाई मात्र होइन, सीमाक्षेत्रका मानिसहरूको दैनिक जीवन र भाइचारा सुदृढ गर्न पनि मद्दत पु¥याएको समूहको निष्कर्ष छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव