emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रोयल सेकेन्ड्री स्कुलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

source e-Madhesh २०८२ आश्विन ३ गते , शुक्रबार
0
Shares
141
Views
रोयल सेकेन्ड्री स्कुलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न


लिलाकान्त यादव,
राजविराज, ०३ असोज ।
 संविधान दिवसको अवसरमा रोयल सेकेन्ड्री स्कुलले “संविधान दिवसको आवश्यकता र महत्व“ विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ। कक्षा ६ देखि १० सम्मका उत्कृष्ट दुई–दुई जना विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए।
कार्यक्रममा कक्षा ६ बाट मोनिका कुमारी यादव, ब्रिटिका दास, कक्षा ७ बाट दिगम्बर राय, राज नारायण शर्मा, कक्षा ८ बाट अमृत कुमार यादव, आदित्य यादव, कक्षा ९ बाट हरेराम खंग, पुष्पा महतो र कक्षा १० बाट महेश राय तथा खुश्बु कुमारी मण्डलले आफ्नो धारणा प्रस्तुत गरेका थिए।
मञ्च संचालन नरेश कुमार झाले गरेका थिए भने कार्यक्रमको अध्यक्षता प्रिन्सिपल देवनाथ यादवले गरेका थिए। मधेश प्रज्ञा प्रतिष्ठानका सञ्चालक सदस्य दिनेश कुमार यादव विशिष्ट अतिथि रहेका थिए।
जजको भूमिकामा शिक्षक श्रवण कुमार मण्डल, राजकुमार मण्डल र रमानन्द यादव रहेका थिए। मुल्यांकनअनुसार प्रथम महेश राय, द्वितीय हरेराम खंग र तृतीय खुश्बु कुमारी मण्डल घोषित भए। कार्यक्रममा शिक्षक, शिक्षिका र विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार