emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

संविधान दिवस, २०८२ मा उपराष्ट्रपति यादवको शुभकामना सन्देश

source e-Madhesh २०८२ आश्विन २ गते , बिहीबार
0
Shares
35
Views
संविधान दिवस, २०८२ मा उपराष्ट्रपति यादवको शुभकामना सन्देश

लिलाकान्त यादव,
काठमाडौं, ०२ असोज । 
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश दिँदै सबै नेपालीलाई शान्ति, समृद्धि र एकताको कामना गरेका छन् ।
उनले संविधानलाई नेपाली जनताको दीर्घ संघर्ष र ऐतिहासिक उपलब्धि बताउँदै यसले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाजलाई एकताको सूत्रमा बाँधेको उल्लेख गरे । हालैको ‘जेन–जी’ आन्दोलनको सम्बोधन र अन्तरिम सरकार गठनले संविधानको लचकता र समावेशी चरित्र पुष्टि गरेको उनले सन्देशमा उल्लेख गरेका छन् ।
उपराष्ट्रपति यादवले संविधान दिवसलाई सहिद, अग्रज, जनप्रतिनिधि र नागरिकप्रति श्रद्धा प्रकट गर्ने दिनका रूपमा मनाउनुपर्नेमा जोड दिएका छन् । साथै, संविधानको मर्मअनुसार मौलिक हकहरूको कार्यान्वयन, संघीय संरचनाको सुदृढीकरण र प्रदेश–स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन सबैको सक्रियता आवश्यक भएको बताए ।
संविधान दिवसले प्रत्येक नेपालीलाई स्वदेशमै सम्मानजनक रोजगारीको अवसर प्राप्त होस् र राष्ट्र सामाजिक न्याय र समृद्धिको बाटोमा अघि बढोस् भन्ने विश्वास व्यक्त गर्दै उनले ज्ञात–अज्ञात सहिदलाई श्रद्धाञ्जली अर्पण र घाइते तथा अपाङ्ग भएकाप्रति सम्मान प्रकट गरेका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव