emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मुख्यमन्त्री सिंहविरुद्ध जनमत पार्टीको कारबाही सिफारिस

source e-Madhesh २०८२ आश्विन २ गते , बिहीबार
0
Shares
38
Views
मुख्यमन्त्री सिंहविरुद्ध जनमत पार्टीको कारबाही सिफारिस

मधेश न्युज सम्वाददाता,
राजविराज, ०२ असोज ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा नदिएपछि जनमत पार्टी मधेश प्रदेश संसदीय दलले पार्टीको केन्द्रीय समितिमा अनुशासनात्मक कारबाहीको सिफारिस गरेको छ।
संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार सिंहलाई २४ घण्टाभित्र स्पष्टीकरण मागिए पनि जवाफ नदिएपछि बुधबार बसेको बैठकले कारबाही सिफारिस गर्ने निर्णय गरेको हो। यादवले आजै यसबारे पार्टीलाई पत्राचार गरिएको जानकारी दिए।
कानुनी प्रावधानअनुसार पार्टीले कारबाही गरे सिंहको सांसद पदसमेत जानेछ र उनी स्वतः मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन्।
२४ भदौमा जेन–जी आन्दोलनका क्रममा पार्टीको निर्देशनअनुसार सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए। तर औपचारिक राजीनामा दिन अस्वीकार गरेपछि कारबाहीको बाटो रोजिएको हो।
संसदीय दलले सिंहसहित सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउँदै मधेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको प्रदेश प्रमुखको कार्यालय र प्रदेश सभा सचिवालयलाई जानकारी गराइसकेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव