emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादवद्वारा जितिया पर्व २०८२ का अवसरमा शुभकामना

source e-Madhesh २०८२ भाद्र २९ गते , आइतबार
0
Shares
58
Views
उपराष्ट्रपति यादवद्वारा जितिया पर्व २०८२ का अवसरमा शुभकामना


लिलाकान्त यादव,
काठमाडौं, २९ भाद्र ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जितिया पर्व २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सन्तानको कल्याणको शुभकामना व्यक्त गरेका छन्।
आइतबार एक शुभकामना सन्देश जारी गर्दै उनले परापूर्वकालदेखि तराई–मधेशका आमाहरूले सन्तानको दीर्घायुका लागि श्रद्धापूर्वक मनाउँदै आएको यस पर्व मातृस्नेह, धर्म, प्रकृति र संस्कृतिप्रतिको अनुपम प्रतीक भएको उल्लेख गरे।
उपराष्ट्रपति यादवले आश्विन कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाइने यो पर्व मातृत्वको गहिरो भावना, परिवारमा एकता, महिलाको आत्मबल र समाजलाई सन्तानको भलाइप्रति समर्पित हुन प्रेरणा दिने बताउँदै सबैमा धर्म, संस्कृति र सामाजिक एकताको सन्देश फैलाउने विश्वास व्यक्त गरे।
उनले थारु समुदायको झमटा नाच, मधेशी समुदायको मरुवा रोटी खाने परम्परा, पौराणिक कथा श्रवण, केराको पात, घिरौला, च्युरा, दही, फलफूल जस्ता प्राकृतिक सामग्री प्रयोगले हाम्रो मौलिकता, जैविक जीवनशैली र पर्यावरणमैत्री संस्कृतिको सन्देश झल्काउने उल्लेख गरे।
शुभकामना सन्देशको अन्त्यमा उनले मातृत्वको सम्मान र मातृस्नेहको प्रतीकका रूपमा रहेको जितिया पर्वले धर्म, संस्कृति, प्रकृति र समाजलाई एकै सूत्रमा बाँध्ने अद्भुत शक्ति बोकेको भन्दै सम्पूर्ण नेपाली समुदायमा पुनः शुभकामना व्यक्त गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार