emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरी कारागार क्षेत्रको ५० मीटर वरिपरि कफ्र्यु कायम, उक्त क्षेत्रमा कुनै गतिविधि गरेमा कानुनी कारबाही 

source e-Madhesh २०८२ भाद्र २९ गते , आइतबार
0
Shares
44
Views
सप्तरी कारागार क्षेत्रको ५० मीटर वरिपरि कफ्र्यु कायम, उक्त क्षेत्रमा कुनै गतिविधि गरेमा कानुनी कारबाही 

भुपदेव माली,
राजविराज, २९ भाद्र ।
 सप्तरी जिल्लाको राजविराजस्थित कारागार कार्यालय वरपर ५० मिटरको परिधिमा कफ्र्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार एक सूचना प्रकाशित गर्दै कैदी बन्दीको सुरक्षालाई ध्यानमा राखेर  उक्त क्षेत्रभित्र आवतजावत तथा कुनै पनि गतिविधिमा नगर्न निषेधाज्ञा  जारी गरिएको हो।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार कारागार क्षेत्रको चारैतिर ५०÷५० मिटरको दूरीसम्म कफ्र्यु लागू गरिएको उल्लेख गरेको छ। यस क्षेत्रभित्र कसैले जुलुस, सभा, भेला, प्रदर्शन, बैठक वा कुनै पनि प्रकारको गतिविधि गर्न पाइने छैन।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार, जेनजी आन्दोलनको क्रममा कारागारबाट कैदी भागेको घटनालाई मध्यनजर गर्दै आइतबार दिउँसो ३ बजेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि कफ्र्यु लागू गरिएको हो।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा जारी सूचनामा भनिएको छ, “कफ्र्यु आदेशको अवज्ञा वा उल्लंघन गरेमा कानूनअनुसार कडा कारबाही हुनेछ।” उनले सर्वसाधारणलाई प्रशासनको निर्देशन पालना गर्न र अनावश्यक रूपमा सो क्षेत्रमा आवतजावत नगर्न आग्रह समेत गरेका छन्।
सुरक्षाको थप सुनिश्चितताका लागि प्रशासनले विभिन्न सुरक्षा निकायमार्फत निगरानी बढाएको जानकारी पनि दिइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव