ई-मधेश न्युज
प्रधानमन्त्री कार्कीको पाँच निर्णयले जनताको मन जित्यो
लिलाकान्त यादव,
काठमाडौँ, २९ भाद्र ।
प्रधानमन्त्री सुशीला कार्कीले आज गरेका पाँच जनमुखी निर्णयले जनतामा आशा जागेको छ। उनले जेन–जी आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्दै मृतक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेकी छन्।
त्यसैगरी आन्दोलनमा घाइते भएकाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, शव लैजाने तथा अन्त्येष्टिको खर्च उपलब्ध गराउने, र आन्दोलनका कारण अपाङ्गता भएकालाई आवश्यक सुविधा र अधिकार सुनिश्चित गर्ने निर्णय गरिएको छ।
यी कदमहरूले सरकार जनताको आवाज सुन्ने, पीडामा साथ दिने र न्यायको बाटोमा अघि बढ्ने सन्देश दिएको नागरिकहरूको भनाइ छ। सहिदप्रति श्रद्धाञ्जली र घाइतेलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना समेत व्यक्त गरिएको छ।