emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जितिया पर्वः मातृस्नेह, श्रद्धा र संस्कृतिको प्रतीक

source e-Madhesh २०८२ भाद्र २९ गते , आइतबार
0
Shares
36
Views
जितिया पर्वः मातृस्नेह, श्रद्धा र संस्कृतिको प्रतीक

 

जितिया पर्वलाई संस्कृतमा जीवित पुत्रिका, हिन्दीमा जियतिया र नेपालका तराई–मधेशी समुदायमा जितिया भनेर चिनिन्छ। यो पर्व विशेषतः आमाहरूले आफ्नो जीवित सन्तानको दीर्घायु, सुख–समृद्धि र उज्ज्वल भविष्यको कामनामा मनाउने चाड हो। प्रत्येक वर्ष अश्विन कृष्ण अष्टमीका दिन महिलाहरूले भगवान जीतमहान गोँसाईको आराधना गर्दै कठोर व्रत बस्ने परम्परा छ।
यस पर्वमा आमाहरू २४ घण्टासम्म ‘निर्जला’ अर्थात् पानी समेत नखाई उपवास बस्छन्। यससँग जोडिएको पौराणिक कथाअनुसार चील र स्यालले व्रत बस्ने संकल्प गरेका थिए। चीलले व्रत पूरा गरी आशीर्वाद पाउँदा उसका सात छोराहरू सुरक्षित भए भने स्यालले मासु खाएर व्रत तोडेकै कारण दुःख भोग्नु प¥यो। यही घटनाबाट सन्तान सुरक्षाका लागि मातृस्नेहसँग जोडिएको यो पर्व सुरु भएको विश्वास रहिआएको छ।
जितिया पर्व तीन दिनसम्म मनाइन्छ। पहिलो दिनलाई ‘नहाई–खाई’, दोस्रो दिनलाई अष्टमी वा ‘खर दिन’ र तेस्रो दिनलाई ‘पारण’ भनिन्छ। यस अवधिमा महिलाहरूले नदी–तालमा स्नान, खर घाँस अर्पण र पूजाआजा गर्ने गर्छन्। थारु समुदायमा यो पर्व झ्याम्टा नाच, जतसरी र दारकाटोनी गीतसहित प्रकृतिको पूजा गरी विशेष उत्साहका साथ मनाइन्छ।
मिथिलाञ्चलमा झोर भात, नोनीको साग र मडुवाको रोटी यस पर्वका विशेष परिकार हुन्। आमा–सन्तानबीचको निस्वार्थ प्रेम, श्रद्धा र त्यागको अद्वितीय उदाहरणका रूपमा जितिया नेपाल मात्र नभई भारत र विश्वभरका हिन्दू समुदायले मनाउने महत्वपूर्ण पर्वका रूपमा स्थापित छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार