ई-मधेश न्युज
सप्तरीमा कर्फ्यू र निषेधाज्ञा हटाइयो
सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लामा जारी गरिएको कर्फ्यू तथा निषेधाज्ञा हटाएको छ । कार्यालयका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलद्वारा जारी सूचनामा आज मिति २०८२ भदौ २८ गते विहान १०:०० बजेदेखि कर्फ्यू र निषेधाज्ञा हटाइएको उल्लेख छ । यसअघि जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू तथा निषेधाज्ञा जारी गरिएको थियो । तर, मिति २०८२ भदौ २८ गते बसेको जिल्ला सुरक्षा समिति बैठकको निर्णयअनुसार उक्त आदेश हटाइएको हो ।