ई-मधेश न्युज
राष्ट्रपति पौडेलद्वारा सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त
लिलाकान्त यादव,
काठमाडौँ, २७ भाद्र ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा उत्पन्न असाधारण परिस्थितिलाई सम्बोधन गर्न संविधानबमोजिम अन्तरिम सरकार गठन गर्दै पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका छन्।
राष्ट्रपति भवनद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार राष्ट्रपतिले राजनीतिक दल र सरोकारवालासँगको परामर्शका आधारमा प्रधानमन्त्रीको सिफारिस र संवैधानिक व्यवस्थाअनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।
विशेष समारोहमा राष्ट्रपति पौडेलको समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीले संविधानको धारा ८० अनुसार पद तथा गोपनीयताको शपथ लिएकी छन्।
राष्ट्रपति कार्यालयले संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि आवश्यक कदमस्वरूप यो निर्णय गरिएको जनाएको छ।