ई-मधेश न्युज
प्रहरीले चोरी–लुटपाट भएका सामग्री खरिद–बिक्री नगर्न चेतावनी
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २७ भाद्र ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (ऋक्ष्द्य) ले हालै भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, बैंक तथा वित्तीय संस्थामा आगजनी र तोडफोडसँगै लुटपाट गरिएका सामग्रीहरू खरिद–बिक्री नगर्न आग्रह गरेको छ।
ब्यूरोले विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेको आन्दोलनमा ऐतिहासिक कागजात, बहुमूल्य वस्तु, नगद रकम, जिन्सी सामान तथा अन्य महत्वपूर्ण सामग्री चोरी गरी बजारमा बिक्री वितरण भइरहेको सूचनाका आधारमा अनुसन्धान भइरहेको जनाएको छ।
प्रहरीले यस्ता चोरी वा लुटिएका सामानहरूको खरिद–बिक्री, सञ्चय वा प्रयोगमा संलग्न हुने जो–कोहीमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ। साथै, यस्ता सामग्रीबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयलाई सूचित गर्न र प्राप्त भएमा तुरुन्तै बुझाउन समेत आग्रह गरिएको छ।