ई-मधेश न्युज
सप्तरी प्रशासनले चोरी–लुटिएको सम्पत्ति फिर्ता गर्न चेतावनी
लिलाकान्त यादव,
राजविराज, २७ भाद्र ।
सप्तरी जिल्ला प्रशासन कार्यालयले हालैको जेनजेडी आन्दोलनका क्रममा लुटपाट र चोरी गरी लगिएको सार्वजनिक सम्पत्ति सात दिनभित्र फिर्ता गर्न चेतावनी दिएको छ।
मिति २०८२ भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न सरकारी कार्यालय, प्रतिष्ठान र निकायमा तोडफोड, आगजनीसहितका गतिविधि भएको प्रशासनले जनाएको छ। सो क्रममा केही व्यक्तिहरुले जिन्सी सामान, नगद रकम लगायतका सार्वजनिक सम्पत्ति घरसम्म लगेका दृश्यहरू ऋऋत्ख् फुटेज, टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत समेत पुष्टि भएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले सात दिनभित्र सम्पत्ति फिर्ता नगर्ने व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनीसमेत दिएको छ।