emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङको नाम प्रस्तावः जेनजी नेपालको विज्ञप्ति

source e-Madhesh २०८२ भाद्र २६ गते , बिहीबार
0
Shares
31
Views
अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङको नाम प्रस्तावः जेनजी नेपालको विज्ञप्ति

ईमधेश न्युज सम्वाददाता,
काठमाडौँ, २६ भाद्र । 
जेनजी नेपालले मुलुकको वर्तमान संकट समाधानका लागि अन्तरिम मन्त्रिपरिषद् गठनको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको जनाएको छ। बुधबार जारी विज्ञप्तिमा भ्रष्टाचार अन्त्य, बेथिती रोकथाम र सुशासन कायम गर्ने आन्दोलन अब निर्णायक चरणमा पुगेको र यसले छिट्टै सफलता हात पार्ने विश्वास व्यक्त गरिएको छ।
विज्ञप्ति अनुसार अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वका लागि प्रारम्भमा काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह सबैभन्दा उपयुक्त उम्मेदवारका रूपमा प्रस्तुत भए पनि उहाँले यस प्रक्रियामा रुचि नदेखाएको स्पष्ट भएको छ। त्यसपछि भर्चुअल छलफलमार्फत पूर्वप्रधानन्यायाधीस सुशीला कार्की र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङको नाममा गम्भीर बहस भएको उल्लेख छ।
तर संविधान, विधि र पद्धतिको सम्मान गर्दै जेनजी नेपालले कार्कीको उम्मेदवारी अस्वीकार गरेको छ। संविधानबमोजिम पूर्वप्रधानन्यायाधीस वा न्यायाधीसलाई यस्तो पदमा नियुक्त गर्न नमिल्ने र उहाँको उमेर ७० वर्ष नाघिसकेको कारण उहाँले जेनजीको प्रतिनिधित्व गर्न नसक्ने स्पष्ट गरिएको छ।
अन्ततः, नेपाललाई लोडसेडिङमुक्त बनाउन महत्वपूर्ण योगदान पुर्याएका, लोकप्रियता कमाएका तथा व्यापक जनसमर्थन हासिल गरेका इन्जिनियर कुलमान घिसिङलाई अन्तरिम सरकारको नेतृत्वका लागि अघि सार्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव