ई-मधेश न्युज
जेनजी आन्दोलनको अपीलः संयमता र सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड
ईमधेश न्युज सम्वाददाता,
काठमाडौँ, २४ भाद्र ।
जेनजी आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि जारी गरेको अपील पत्रमार्फत आन्दोलनकारीहरूलाई संयमित रहन आग्रह गरेको छ। अपीलमा आन्दोलनका क्रममा शहीद भएका साथीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
अपील पत्रमा भनिएको छ, “हाम्रो आन्दोलनको परिणाम स्वरूप सरकारले घुँडा टेकेको छ। प्रधानमन्त्रीको राजीनामा र त्यसको राष्ट्रपतिबाट स्वीकृति नयाँ राजनीतिक निकासको बाटो हो।” आन्दोलनकारीहरूले यसलाई ऐतिहासिक उपलब्धि ठहर गर्दै अब देश नयाँ नेतृत्वतर्फ अग्रसर भएको दाबी गरेका छन्।
साथै, आन्दोलनमा संलग्न साथीहरूलाई सार्वजनिक सम्पत्ति नष्ट नगरी संयमित रूपमा अघि बढ्न आह्वान गरिएको छ। अपीलमा उल्लेख छ, “सार्वजनिक सम्पत्ति हामी सबैको हो, त्यसमा क्षति पु¥याउनु हाम्रो आन्दोलनको मूलभावना विपरीत हो।”
जेनजी आन्दोलनले नागरिक सरकार गठन र सर्वस्वीकार्य नेतृत्वमा नयाँ निर्वाचनमा जाने अडान दोहो¥याएको छ। यसलाई नेपाललाई सुरक्षित भविष्यतर्फ अघि बढाउने न्यूनतम कार्यक्रमका रूपमा प्रस्तुत गरिएको छ।
अपील पत्रमा अन्त्यमा भनिएको छ, “हामी सबैको एकताले मात्र नयाँ परिवर्तनको जग बसाल्नेछ।”