emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीको राजविराज क्षेत्रमा कफ्र्यू आदेश जारी

source e-Madhesh २०८२ भाद्र २४ गते , मंगलबार
0
Shares
21
Views
सप्तरीको राजविराज क्षेत्रमा कफ्र्यू आदेश जारी

लिलाकान्त यादव,
राजविराज, २४ भाद्र ।
 सप्तरी जिल्लामा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले मंगलबार दिउँसोदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समिति बैठकको निर्णयअनुसार मिति २०८२ भदौ २४ गते दिउँसो ३ः३० बजेदेखि अर्को आदेश नभएसम्म कफ्र्यू लागू हुने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल द्वारा जारी आदेशअनुसार कफ्र्यू अवधिभर राजविराज नगरपालिका र बिष्णुपुर गाउँपालिका क्षेत्रभित्र तोकिएका सीमाभित्र कुनै पनि व्यक्तिले आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैनन्।
कफ्र्यू आदेशले तोकेको सीमा उत्तरतर्फ रुपनी मोडदेखि, पूर्वतर्फ बजरंगबली मन्दिर कंचनपुर रोड हुँदै कोशी कर्नेल पम्प नहरसम्म, दक्षिणतर्फ कोशी ब्यारेजबाट छुटिएको बरी नहरसम्म र पश्चिमतर्फ बरही नहर चौक हुँदै छिन्नमस्ता मन्दिर रोड तथा पुलचौक जोड्ने सडकसम्म रहेका छन्।
जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यू लागू गरिएको जनाएको छ। कफ्र्यू उल्लंघन गर्ने व्यक्तिमाथि कानूनी कारबाही हुने चेतावनी पनि दिइएको छ।
सुरक्षा समितिले पछिल्ला दिनमा भइरहेको तनाव र असुरक्षित अवस्थालाई मध्यनजर गर्दै शान्ति–सुरक्षा कायम राख्न यस्तो कदम चालिएको जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव