emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपतिबाट कुमारी इन्द्रजात्रा र अनन्त चतुर्दशीको शुभकामना

source e-Madhesh २०८२ भाद्र २१ गते , शनिबार
0
Shares
28
Views
उपराष्ट्रपतिबाट कुमारी इन्द्रजात्रा र अनन्त चतुर्दशीको शुभकामना

लिलाकान्त यादव,
काठमाडौं, २१ भाद्र ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कुमारी इन्द्रजात्रा र अनन्त चतुर्दशी (अनवत) पर्व २०८२ का अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
उनले इन्द्रजात्रालाई नेपालको मौलिक र विशिष्ट सांस्कृतिक धरोहरका रूपमा वर्णन गर्दै जीवित देवी कुमारी, इन्द्र, गणेश, भैरव, देवी लक्ष्मी र भगवान विष्णुको पूजा–आराधना गर्ने परम्पराले धार्मिक आस्था, सांस्कृतिक पहिचान र राष्ट्रिय एकतालाई बलियो बनाएको बताए। कुमारीको रथयात्रा, लिङ्गो ठड्याउने परम्परा, भैरव–गणेश नाचजस्ता प्रस्तुतिले नेपाललाई सांस्कृतिक विविधता र सामूहिक एकताको सन्देश दिने माध्यम भएको उनको भनाइ छ।
उपराष्ट्रपतिले कुमारीलाई शक्ति र पवित्रताको प्रतीकका रूपमा श्रद्धा गर्ने परम्पराले नेपाली समाजलाई आफ्नो गौरवशाली इतिहास र परम्परामाथि गर्व गर्न प्रेरित गर्ने उल्लेख गरे। साथै, इन्द्रजात्रा हेर्न विभिन्न समुदायको सहभागिताले सामाजिक सद्भाव र भाइचारामा योगदान पु¥याउने बताए।
त्यस्तै, उनले आजकै दिन तराई–मधेशमा मनाइने अनन्त चतुर्दशी पर्वको महत्व पनि स्मरण गरे। भगवान विष्णुको प्रतीकस्वरूप १४ गाँठो भएको अनन्त सूत्र बाँध्ने परम्पराले श्रद्धालुहरूलाई सुख, शान्ति, समृद्धि र संकटमोचनको विश्वास दिलाउने बताए।
उपराष्ट्रपति यादवले यी पर्व र जात्राले धार्मिक सहिष्णुता, पारस्परिक सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकतालाई सुदृढ गर्ने विश्वास व्यक्त गर्दै सबै नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका शुभकामना दिएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव