emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपतिद्वारा मुहम्मद जयन्तीको शुभकामना

source e-Madhesh २०८२ भाद्र २० गते , शुक्रबार
0
Shares
18
Views
उपराष्ट्रपतिद्वारा मुहम्मद जयन्तीको शुभकामना

लिलाकान्त यादव,
काठमाडौं, २० भाद्र ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मका अन्तिम ईशदूत हजरत मुहम्मद (सल्ल.) को १५००औँ जन्मजयन्ती (मुहम्मद दिवस) को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायलाई हार्दिक शुभकामना दिएका छन्।
उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा मुहम्मद जयन्तीले सत्य, करुणा, सहिष्णुता, सदाचार र सामाजिक समरसताको बाटोमा अघि बढ्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे। उनले यस पर्वले धार्मिक सहिष्णुता, आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई अझ बलियो बनाउन सहयोग गर्ने बताए।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ मनाइने पर्व, जयन्ती र दिवसहरूले समाजलाई एकताको धागोमा बाँध्ने र सामाजिक संरचनालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। उनले मुहम्मद जयन्ती केवल धार्मिक मात्र नभई सामाजिक, सांस्कृतिक र नैतिक दृष्टिले पनि विशेष महत्व बोकेको बताए।
उनले हजरत मुहम्मदका उपदेशहरूलाई आत्मसात गर्न आग्रह गर्दै सत्य बोल्ने, इमानदारीपूर्वक आचरण गर्ने, गरीब, असहाय, अनाथ र विपन्नलाई सहयोग गर्ने, धैर्य र क्षमा गर्ने तथा मानव समाजलाई न्याय र सेवाभावमा अघि बढाउने मार्गमा यो जयन्तीले प्रेरणा दिने उल्लेख गरे।
उपराष्ट्रपति यादवले मुहम्मद जयन्तीले आत्मशुद्धि, संयम, आध्यात्मिक अनुशासन र मानवीय मूल्यलाई बलियो बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गर्दै सबैमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना दिएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव