ई-मधेश न्युज
सप्तरी एफएमको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
भूपदेव माली १८ भदौ, सप्तरी। सप्तरी एफएमको तेस्रो वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं १० इनर्वामा आयोजित सभाको अध्यक्षता एफएमका संचालक कमल मण्डल एवं पत्रकार महासंघ नेपाल सप्तरी शाखाको पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा महदेवा गाउँपालिकाका अध्यक्ष सुनिल मण्डल - इनर्वा गाविसको पूर्व अध्यक्ष अवध मण्डल, अतिथिहरु पत्रकार महासंघ संघ सप्तरी शाखाको सहसचिव डम्वर राई- कृष्ण मण्डल, पत्रकार भूपदेव माली, पत्रकार रामनाथ यादव, पत्रकार ओमप्रकाश साह, जनचेतना नेपालका निर्देशक जुही ठाकुर लगायतका उपस्थिति रहेको थियो। ओमप्रकाश रझकले मंच संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट वरिष्ठ पत्रकार धिरेन्द्र प्रसाद साहले- " मुलुकको हरेक गणतान्त्रिक आन्दोलनहरुमा पत्रकारहरुको महत्वपूर्ण योगदान बुझ्दा बुझ्दै सत्तामा आसिन नेताहरुले पत्रकारहरूलाई उपेक्षा गर्दै आएको र स्थानीय सरकारले पनि वीरगन्ज उपमहानगरपालिका बाहेक कुनैले पनि मिडिया नीतिलाई अवलम्बन गरि कार्यान्वयन तर्फ नगएका कारण मधेस प्रदेशका मिडियाहरुले बलियो बन्न नसकेका बताउनुभयो। यस्तै कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपाल सप्तरी शाखाका अध्यक्ष एवं पत्रकार महासंघ सप्तरीका सहसचिव डम्वर राईले- " सप्तरी एफएमले अनेकौ कठिन परिस्थितिलाई पार गर्दै तेस्रो वर्षमा प्रवेश गरेको असिमित मेहनतको आकर्षक कार्यक्रमहरूका प्रसारणको परिणाम नै हो, स्थानीय निकायको र ब्यवसायिकको विज्ञापनहरु प्राप्त भएमा दिगो एवं भरपर्दो हुने" बताउनुभयो कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि, पत्रकार भूपदेव माली, पत्रकार रामनाथ यादव, पत्रकार डम्बर राई, पत्रकार कृष्ण मण्डल, पत्रकार ओमप्रकाश साहलाई प्रसंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो।