emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भूमि ऐनविरुद्ध मधेशी दलहरूको साझा स्वर, राजविराजमा जनजागरण अभियान

source e-Madhesh २०८२ भाद्र १८ गते , बुधबार
0
Shares
32
Views
भूमि ऐनविरुद्ध मधेशी दलहरूको साझा स्वर, राजविराजमा जनजागरण अभियान

लिलाकान्त यादव,
राजविराज, १८ भाद्र ।
 संघीय लोकतान्त्रिक मोर्चाले राजविराजबाट ‘जनजागरण अभियान’ सुरू गर्दै भूमि ऐनविरुद्ध संघर्ष गर्ने उद्घोष गरेको छ। बुधबार आयोजित कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरूले भूमि ऐनलाई मधेशी जनताविरुद्धको षडयन्त्र भन्दै तीव्र विरोध जनाएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले “मधेशीको जन्म नै संघर्षका लागि भएको” भन्दै भूमि ऐनले मधेशीलाई आफ्नो भूमिमा नै अल्पसंख्यक बनाउने प्रयास भएको आरोप लगाए। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि नीतिले विगतदेखि मधेशलाई योजनाबद्ध रूपमा वञ्चित गर्दै आएको उल्लेख गर्दै वर्तमान ऐनले मधेशलाई “मरुभूमि” बनाउन खोजेको दाबी गरे।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मोर्चा नै जाग्नुपर्ने बेला आएको भन्दै मधेश मात्र नभई आदिवासी, जनजाति र उत्पीडित समुदाय मिलेर संघर्ष नगरेसम्म अधिकार प्राप्त नहुने बताए। जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भूमि विधेयक भूमिविहीनभन्दा भूमाफियाको पक्षमा रहेको दाबी गरे भने तमलोपा अध्यक्ष वृषेशचन्द्र लालले सरकारको कुशासन र भ्रष्टाचारबारे प्रश्न उठाए।
नागरिक उन्मुक्ति पार्टीकी नेतृ टीका लक्ष्मी चौधरीले देश नश्लीय शासनबाट मुक्त हुनुपर्ने आवश्यकता औंल्याइन्।
मोर्चाले पहिलो चरणमा आठ स्थानमा अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। सो क्रममा आगामी भदौ २० गते जनकपुरधाममा अर्को कार्यक्रम हुने जनाइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव