emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भाषा आयोगको विज्ञप्ति : इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा राख्न आग्रह

source e-Madhesh २०८२ भाद्र १७ गते , मंगलबार
0
Shares
38
Views
भाषा आयोगको विज्ञप्ति : इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा राख्न आग्रह

काठमाडौं, भदौ १७ – नेपाल सरकारको निर्णयअनुसार आउँदो असोज १ गतेदेखि सबै सवारी साधनमा अंग्रेजी भाषा र रोमन लिपिमा विद्युतीय सङ्केत सङ्ख्या (इम्बोस्ड नम्बर प्लेट) अनिवार्य जडान गर्नुपर्ने व्यवस्था गरिएको छ। उक्त निर्णयप्रति भाषा आयोगले गम्भीर ध्यानाकर्षण गराएको छ। आयोगले विज्ञप्तिमार्फत संविधानको धारा ७ को उपधारा १ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने स्पष्ट व्यवस्था भएको स्मरण गराउँदै अङ्ग्रेजी भाषा र रोमन लिपि प्रयोग गर्नु संविधानविपरीत हुने बताएको छ। यसअघि पनि आयोगले सरकारले देवनागरी लिपिमा सङ्केत सङ्ख्या राख्नुपर्ने आवश्यकता औँल्याएको थियो। यस्तै, सर्वोच्च अदालतको २०८१ असार ९ गतेको फैसलामा समेत भाषासम्बन्धी अन्य विषय भाषा आयोगको सिफारिसमा सरकारले निर्णय गर्न सक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट भएको आयोगले जनाएको छ। आयोगको २०८२ भदौ १ गतेको बैठकको निर्णयअनुसार भाषा आयोगले देवनागरी लिपिमा नै विद्युतीय सङ्केत सङ्ख्या राख्न पुनः नेपाल सरकारको ध्यानाकर्षण गराएको हो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव