emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विद्यार्थी संगठनद्वारा शिक्षा ऐन सुधारको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा

source e-Madhesh २०८२ भाद्र १६ गते , सोमबार
0
Shares
24
Views
विद्यार्थी संगठनद्वारा शिक्षा ऐन सुधारको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा

काठमाडौं, भाद्र १६ – विद्यार्थीकाे हितमा नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै विभिन्न संयुक्त विद्यार्थी संगठनहरूले आज पत्रकार सम्मेलनमार्फत आगामी दिनका लागि चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरेका छन्। संगठनहरूले भोलिदेखि विभिन्न तहमा ज्ञापनपत्र पेश, अन्तरक्रिया तथा रचनात्मक प्रदर्शन गर्दै आन्दोलनलाई अघि बढाउने जानकारी दिएका छन्। आन्दोलन कार्यक्रमअनुसार, भाद्र १७ र १८ का दिन राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभा सभामुख, राष्ट्रियसभा अध्यक्ष र शिक्षामन्त्रीलाई ज्ञापनपत्र पेश गरिनेछ। भाद्र १९ का दिन राजनीतिक दलका शिक्षा विभाग प्रमुख र पूर्व विद्यार्थी अध्यक्षहरू सहित वृहत अन्तरक्रिया आयोजना हुनेछ। विद्यार्थीहरूले भाद्र २० र २२ मा निशुल्क शिक्षाका लागि हस्ताक्षर संकलन, प्रचारप्रसार र रचनात्मक प्रदर्शन गर्ने योजना बनाएका छन् भने भाद्र २३ मा देशव्यापी सीडीओ कार्यालयमार्फत प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापनपत्र पेश गरिनेछ। अन्ततः भाद्र २४ मा देशव्यापी बृहत् विद्यार्थी प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ। संयुक्त विद्यार्थी संगठनहरूले नयाँ शिक्षा ऐनले विद्यार्थी अधिकार र गुणस्तरीय शिक्षालाई सुनिश्चित गर्ने आशा व्यक्त गर्दै सबै सरोकारवालासँग संवाद र सहकार्यका लागि तयार रहेको बताएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव