emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

प्याब्सन र नेपाल प्याब्सनद्वारा विशाल रैली, निजी विद्यालयका माग सम्बोधन गर्न सरकारलाई आग्रह

source e-Madhesh २०८२ भाद्र १६ गते , सोमबार
0
Shares
48
Views
प्याब्सन र नेपाल प्याब्सनद्वारा विशाल रैली, निजी विद्यालयका माग सम्बोधन गर्न सरकारलाई आग्रह

लिलाकान्त यादव,
राजविराज, १६ भाद्र ।
 प्याब्सन र नेपाल प्याब्सनले राजविराजमा विशाल रैलीसहित कोणसभा सम्पन्न गरेका छन्। दिउँसो २ बजे शिव मन्दिरबाट सुरु भएको ¥याली नगर परिक्रमा गर्दै पुनः शिव मन्दिर परिसरमै कोणसभामा परिणत भएको थियो।
कोणसभामा नेपाल प्याब्सनका कार्यवाहक अध्यक्ष मनोज यादव, प्याब्सन प्रदेश उपाध्यक्ष अरुणकुमार देव, नेपाल प्याब्सन केन्द्रीय उपाध्यक्ष अनिलकुमार झा र प्याब्सन अध्यक्ष उग्रकान्त झा लगायतका नेताहरूले सम्बोधन गर्दै सरकारले निजी विद्यालयमाथि गरिरहेको दबाब र अवहेलना तत्काल रोक्न माग गरेका छन्। उनीहरूले निजी विद्यालयहरूलाई शिक्षा क्षेत्रमाको योगदानको कदर गर्नुपर्ने भन्दै विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने बाध्यकारी प्रावधान गलत भएको र यसले निजी विद्यालयलाई कमजोर बनाउने चेतावनी दिए।
कोणसभामा वक्ताहरूले निजी विद्यालयको भूमिका राष्ट्रको मजबुत अर्थतन्त्र निर्माणदेखि बालमैत्री शिक्षा प्रवद्र्धनमा महत्वपूर्ण रहेको भन्दै सरकारले त्यसलाई सम्मान गर्नुपर्नेमा जोड दिएका थिए। “गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता हो, तर बाध्यकारी कानुनी प्रावधान स्वीकार्य छैन,” नेताहरूले भने।
कार्यक्रममा निजी विद्यालयहरू नेपाली जनताको पहिलो रोजाइ बनेको, समयमै शिक्षाको विकास राष्ट्रनिर्माणको आधार भएको, गैरनाफामूलक बनाउने प्रयास अस्वीकार्य भएको जस्ता नाराहरू लगाइएको थियो। साथै, अभिभावकको चाहना, बालबालिकाको उज्ज्वल भविष्य र श्रम–लगानीको सम्मान गर्न सरकारलाई आह्वान गरिएको थियो।
कार्यक्रमको सञ्चालन प्याब्सन सचिव संजय शर्माले गरेका थिए। सभाले निजी विद्यालय मास्ने प्रयास सफल नहुने चेतावनी दिँदै संविधानले दिएको अधिकार लागू गर्न माग गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव