emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

संघीय लोकतान्त्रिक मोर्चाद्वारा विराटनगरमा जनजागरण अभियान, शीर्ष नेताहरूको सरकारप्रति कडा आक्रोश

source e-Madhesh २०८२ भाद्र १६ गते , सोमबार
0
Shares
17
Views
संघीय लोकतान्त्रिक मोर्चाद्वारा विराटनगरमा जनजागरण अभियान, शीर्ष नेताहरूको सरकारप्रति कडा आक्रोश

ईमधेश न्यूज सम्वाददाता,
बिराटनगर, १६ भाद्र ।
संघीय लोकतान्त्रिक मोर्चाले आइतबार विराटनगरमा विशाल जनजागरण अभियान सञ्चालन गर्दै वर्तमान राजनीतिक अवस्थाबारे धारणा राखेको छ। मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले सरकारको नीतिलाई कठोर शब्दमा आलोचना गर्दै उत्पीडित समुदायका अधिकार र पहिचानको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन्।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा एउटै पार्टीमा रहेका नेताहरू विभाजन हुनुपरेको तर अहिले मोर्चा बनाएर पुनः एकजुट हुनुपर्ने परिस्थितिले उत्पन्न भएको बताए। उनले भूमि ऐनलाई देशलाई वनजंगलमुक्त बनाउने नाममा ल्याइएको “धन कमाउने योजना” को संज्ञा दिए।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी, थारु, आदिवासी जनजाति, दलित र पिछडावर्ग विगतमा छुट्टाछुट्टै संघर्षमा लागेकाले असफल भएको भन्दै अब एकजुट आन्दोलन अपरिहार्य भएको बताए।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनका सहभागीमाथि झुटा मुद्दा लगाएर जेलमा हाल्नु गैरजिम्मेवार काम भएको बताए। उनले गणतन्त्र स्थापना र मधेश शब्दलाई मान्यता दिलाउनु संघर्षको उपलब्धि भए पनि उखु किसान र जनस्वास्थ्यजस्ता विषयमा सरकार लापरवाह रहेको आरोप लगाए।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले राज्य पनि उत्पीडित वर्गकै हुनुपर्ने धारणा राखे भने तमलोपा अध्यक्ष वृषेश चन्द्र लालले संविधान संशोधनमार्फत पूर्ण समानुपातिक निर्वाचन प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
मोर्चाले आठ ठाउँमा जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यसअनुसार भदौ १८ गते राजविराज र २० गते जनकपुरधाममा अगामी कार्यक्रम हुने जनाइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव