emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा विवाहको दुई महिनामै युवतीको शंकास्पद मृत्यु, दाइजो नदिँदा हत्या गरेको आरोप

source e-Madhesh २०८२ भाद्र १५ गते , आइतबार
0
Shares
38
Views
सप्तरीमा विवाहको दुई महिनामै युवतीको शंकास्पद मृत्यु, दाइजो नदिँदा हत्या गरेको आरोप

ईमधेश न्यूज सम्वाददाता,
राजविराज, १५ भाद्र ।
सप्तरीको महादेवा गाउँपालिका–१ सोनरा टोलमा विवाह भएको दुई महिनामै २१ वर्षीया दीपाकुमारी यादवको शंकास्पद मृत्यु भएको छ। असार ४ गते विवाह भएकी दीपालाई दाइजो नदिएको कारण ससुरालीले हत्या गरेको माइती पक्षको आरोप छ।
दीपाकी भाउजु सुजिता यादवका अनुसार, पति २५ वर्षीय दिपककुमार यादवले शुक्रबार नै अर्को विवाह गर्ने धम्की दिँदै दीपालाई घरबाट लैजान आग्रह गरेका थिए। त्यसपछि सम्पर्क हुन छाडेको र शनिबार बिहान मात्र उनलाई अस्पताल ल्याइएको थाहा पाएको बताइन्। तर गजेन्द्रनारायण सिंह अस्पतालका अनुसार, अस्पताल ल्याउँदा नै उनको मृत्यु भइसकेको थियो।
मृतककी परिवारले थप दाइजो नदिँदा पति दिपक र ससुरा परशुराम यादवले योजनाबद्ध हत्या गरेको दाबी गरेका छन्। ठुलोबुबा भगवतीप्रसाद यादवले विवाहका बेला सकेजति दहेज दिएको तर थप माग गर्दा दिन नसकिएको बताए। “दीपा बिरामी परेकी भए खबर गर्थे, उल्टै फोनसमेत उठाएनन्,” उनले भने, “हामीलाई न्याय चाहिन्छ।”
प्रहरीका अनुसार घटनास्थल शंकास्पद छ। शवको घाँटीमा निलडाम भेटिएको र सुरुमा मृतकको परिवार वा प्रहरीलाई जानकारी नदिइएको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि मृतकका पति र ससुरालाई नियन्त्रणमा लिइएको छ भने शवलाई पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव