emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेसी समुदायमाथि भेदभाव कायमै: जसपा अध्यक्ष यादव

source e-Madhesh २०८२ भाद्र १४ गते , शनिबार
0
Shares
18
Views
मधेसी समुदायमाथि भेदभाव कायमै: जसपा अध्यक्ष यादव

पंकज ठाकुर,
जनकपुरधाम, १४ भाद्र ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी समुदायमाथि भेदभाव अझै कायम रहेको बताएका छन्। शनिबार जनकपुरधाममा सम्पन्न मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको दोस्रो प्रदेश महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसप्रति राज्यको व्यवहार भेदभावपूर्ण रहेको आरोप लगाए।
यादवले मधेसलाई आर्थिक विकासमा कमजोर बनाइएको र सरकारी निकायमा प्रतिनिधित्व न्यून रहेको बताए। उनले भने, “मुलुकमा आधाभन्दा बढी मधेसी समुदाय भए पनि कुनै निकायमा समावेशीता अत्यन्तै न्यून छ। प्रतिनिधि सभामा केही हदसम्म प्रतिनिधित्व भए पनि राष्ट्रिय सभामा ५९ सदस्यमध्ये जम्मा ६ जनामात्रै मधेसी छन्। भेदभाव कम भएको छ, तर समाप्त भएको छैन।”
अध्यक्ष यादवले सत्ता साझेदारीमा मधेसले जनसंख्याको आधारमा बराबरी हिस्सा पाउनुपर्नेमा जोड दिँदै यस्तो राजनीतिक अधिकारलाई आफ्नो लक्ष्य बनाएको स्पष्ट पारे। उनले शोषण र उत्पीडन अन्त्य नगरी समृद्ध समाज निर्माण सम्भव नहुने दाबी गरे।
साथै, यादवले दलित समुदायको हकहितका लागि संघर्ष जारी राख्न आह्वान गर्दै भने कि आफ्नो हक अधिकार प्राप्तिका लागि रोएर बस्नुको विकल्प नभई लडेर लिनुपर्छ। उनले दलित र मधेसी समुदायलाई संगठित भई जसपा नेपालको संघर्षमा साथ दिन आग्रह गरे। यादवले मधेसका सबै जातजाति र समुदायले समान अधिकार प्राप्त नगरेसम्म पार्टीको आन्दोलन जारी रहने स्पष्ट पारे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव