emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा जसपा नेपालको भूमि विधेयक र उपेन्द्र यादवमाथि छानबिनको षड्यन्त्र विरुद्ध प्रदर्शन

source e-Madhesh २०८२ भाद्र १४ गते , शनिबार
0
Shares
23
Views
सप्तरीमा जसपा नेपालको भूमि विधेयक र उपेन्द्र यादवमाथि छानबिनको षड्यन्त्र विरुद्ध प्रदर्शन

उमेश कुमार यादव,
राजविराज, १४ भाद्र ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–पथरगाडामा जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि विधेयक र गौर घटनामा अध्यक्ष उपेन्द्र यादवलाई फसाउने षड्यन्त्रको विरोधमा शनिबार बृहत प्रदर्शन तथा कोणसभा आयोजना गरेको छ।
जसपा नेपाल जिल्ला कमिटी सप्तरीले आयोजना गरेको विरोध ¥याली नगर समितिका अध्यक्ष लक्षणदेव साहको नेतृत्वमा निकालिएको थियो। ¥यालीमा “भूमि विधेयक फिर्ता गर”, “राजनीतिक मुद्दा खारेज गर”, “लाल आयोगको प्रतिवेदन सार्वजनिक गर”, “थारु–मधेसी एक हौं” जस्ता नाराबाजी गर्दै नगर परिक्रमा गरी कोणसभामा परिणत गरिएको थियो।
कोणसभालाई सम्बोधन गर्दै जसपा नेपालका महासचिव मनिष सुमनले भूमि विधेयकलाई अघि बढाइए वा गौर घटनामा अध्यक्ष उपेन्द्र यादवलाई फसाउने षड्यन्त्र गरिएमा पार्टी सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए। राष्ट्रिय सभा सदस्य पुजा चौधरीले सरकारले देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाउँदै चौथो मधेस विद्रोह सुरु भइसकेको बताइन्।
प्रदर्शनमा जिल्ला अध्यक्ष केदार प्रसाद यादव, सांसद किरण साह, उपमा देव, शैलेन्द्र मोहन झा, डा. बबीसिंह यादव, रमिला साह, रेणु मण्डल, शिवनारायण साह, दिनेश यादव, राजेश्वर राय, लक्ष्मण यादव, निरज मुक्ती, अरविन्द यादव, बिनोद यादवसहित सयौं कार्यकर्ताको उपस्थिति थियो।
जसपा नेपालले पहिलो चरणको आन्दोलन अन्तर्गत सप्तरीका चारै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णयअनुसार बुधबार भारदह, बिहीबार बोदेबरसाईन, शुक्रबार तोपामा विरोध कार्यक्रम सम्पन्न भइसकेको र शनिबार क्षेत्र नं. ३ अन्तर्गत पथरगाडामा बृहत प्रदर्शन गरिएको जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव