emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राजविराजमा बीएड चौथो वर्षको नतिजा विवाद: विद्यार्थीले गरे मविव क्याम्पसमा तालाबन्दी

source e-Madhesh २०८२ भाद्र १३ गते , शुक्रबार
0
Shares
36
Views
राजविराजमा बीएड चौथो वर्षको नतिजा विवाद: विद्यार्थीले गरे मविव क्याम्पसमा तालाबन्दी

ईमधेश न्यूज सम्वाददाता,
राजविराज, १३ भाद्र ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मविव), राजविराजमा बीएड चौथो वर्षको नतिजामा प्रयोगात्मक परीक्षाको अंक समावेश नगरिएको भन्दै विद्यार्थीहरुले शुक्रबार तालाबन्दी गरेका छन्। बिहीबार सार्वजनिक भएको नतिजामा सबै विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा अनुपस्थित देखाइएपछि विद्यार्थी आक्रोशित बनेका हुन्।
विद्यार्थीहरुले शिक्षा शास्त्र संकायका प्रमुख रामअषिश यादव र परीक्षा शाखाका प्रमुख चन्देश्वर यादवको स्वार्थका कारण नतिजामा गडबडी भएको आरोप लगाएका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) राजविराज क्याम्पसका सभापति रञ्जितकुमार यादवले विद्यार्थी बाध्य भएर तालाबन्दीमा उत्रिनु परेको बताए। उनले प्रयोगात्मक अंक समावेश नगरिएसम्म तालाबन्दी जारी रहने चेतावनी दिए।
तालाबन्दीका कारण परीक्षा शाखाका कर्मचारी भित्रै थुनिएका छन् भने विद्यार्थी शाखा अगाडि धर्नामा बसेका छन्। यसबीच, क्याम्पस प्रमुख सुशीलचन्द्र कर्णले विद्यार्थीको माग सम्बोधनका लागि समन्वय भइरहेको बताउँदै प्रयोगात्मक अंक नतिजामा समावेश गराइने प्रक्रिया अघि बढेको जानकारी दिएका छन्। बीएड चौथो वर्षको परीक्षामा एक सय ३० जना विद्यार्थी सहभागी भएका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव