emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाल प्रहरीले शान्ति सुरक्षा सुदृढीकरणमा खेलेको भूमिका प्रभावकारी

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
28
Views
नेपाल प्रहरीले शान्ति सुरक्षा सुदृढीकरणमा खेलेको भूमिका प्रभावकारी

ईमधेश न्यूज सम्वाददाता,
रौतहट, १२ माघ ।
रौतहटको शान्ति सुरक्षा सुदृढीकरणमा नेपाल प्रहरीले खेलेको भूमिका प्रभावकारी रहेको छ। विद्यमान सीमित स्रोत साधनको अधिकतम उपयोग गर्दै प्रहरीले चेकजाँच, निगरानी, र अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेको देखिन्छ। प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार, जिल्लाको शान्ति सुरक्षामा सुधार ल्याउन प्रहरीले स्थानिय प्रशासनसँग समन्वय गरी नियमित गस्ती, सूचनाको संकलन, र अपराधीलाई पक्राउजस्ता कार्यहरूमार्फत समाजमा शान्ति स्थापना गर्न उल्लेखनीय प्रगति गरेको छ।
प्रहरीले अपराध नियन्त्रणका क्रममा खुला सीमाबाट हुने हतियार ओसारपोसारलाई रोक्न विशेष अभियान सञ्चालन गरेको छ। साथै, अवैध मदिरा उत्पादन तथा सेवनमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई कार्यवाही गरिएको छ। फरार अभियुक्तलाई पक्राउ गरी कानुनी प्रक्रियामा ल्याउन, समाजमा हुने होहल्ला र अशान्ति फैलाउने गतिविधिहरूमाथि कडा निगरानी गरिएको प्रहरीको भनाइ छ।
तराई–मधेश क्षेत्रमा व्याप्त पंचायती प्रथा, दलाली, र विचौलिया संस्कृतिको अन्त्य गर्न प्रहरीको भिक्टम सपोर्ट टिमले महत्त्वपूर्ण भूमिका खेलेको छ। सेवाग्राहीको सहज पहुँच सुनिश्चित गर्न भिजिटरहरूको अभिलेखिकरण र सिधा गुनासो सुनुवाइ प्रक्रिया प्रभावकारी बनाइएको छ। यसले प्रहरी र जनताबीच विश्वासको वातावरण निर्माण गरेको प्रहरी उपरीक्षक घिमिरेले बताए।
घिमिरेका अनुसार, अपराधमा संलग्न कुनै पनि व्यक्ति कानूनभन्दा माथि छैनन्। कानून विपरित काम गर्ने जो–कोहीलाई कानूनी कारबाहीमा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै, शान्ति सुरक्षा सुदृढ गर्न प्रहरी निरन्तर क्रियाशील रहेको छ। यो सबै प्रयासले रौतहट जिल्लामा शान्ति सुरक्षाको अवस्था सुधार गर्न ठूलो भूमिका खेलेको देखिन्छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव