ई-मधेश न्युज
जसपा नेता दीपक कुमार यादव ‘टुटुबाबु’को निधनप्रति जसपाका अध्यक्ष उपेन्द्र यादवको शोक वक्तव्य
ईमधेश न्यूज सम्वाददाता,
राजविराज, १२ भाद्र ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य तथा सप्तरी जिल्लाको महारेरा गाउँपालिका–३, पतनहा निवासी ६८ वर्षीय दीपक कुमार यादव ‘टुटुबाबु’को निधनप्रति जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गहिरो दुःख व्यक्त गरेका छन्।
मधेश जनविद्रोहमा महत्वपूर्ण योगदान पु¥याएका यादव महादेवा गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहनुभएको स्मरण गर्दै अध्यक्ष यादवले उहाँको निधनले पार्टी, मधेश आन्दोलन र लोकतान्त्रिक राजनीति क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताएका छन्।
यादवले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।