emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा शिक्षक महासंघ र निजी विद्यालयका सञ्चालकहरु आन्दोलित

source e-Madhesh २०८२ भाद्र ११ गते , बुधबार
0
Shares
63
Views
सप्तरीमा शिक्षक महासंघ र निजी विद्यालयका सञ्चालकहरु आन्दोलित

लिलाकान्त यादव,
राजविराज, ११ भाद्र ।
नेपाल शिक्षक महासंघसँग आवद्ध सम्पूर्ण संगठनहरूको संयुक्त बैठकबाट ऐनमा विगतका सहमति–सम्झौता समावेश नभएको भन्दै निरन्तर आन्दोलन गर्ने निर्णय गरिएको छ । बुधबार जिल्ला आन्दोलन परिचालन समिति, सप्तरीका संयोजक सुरेश कुमार यादवको संयोजकत्वमा बसेको बैठकले स्थायी, अस्थायी तथा राहत शिक्षक, विद्यालय कर्मचारी, बालविकासकर्मी, साविक उच्च माध्यमिक शिक्षक लगायतका माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले माग पूरा नभएसम्म शिक्षकमाथिको पेशागत निरन्तरता, सामाजिक सुरक्षा कोषमा आबद्धता लगायतका मुद्दा अघि सार्दै भदौ १३ गते प्रत्येक स्थानीय तहमा ध्यानाकर्षण कार्यक्रम र भदौ १५ गते शिक्षा विकास तथा समन्वय इकाई सप्तरीमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

यस्तै, भदौ ११ गते राजबिराजस्थित प्याब्सन भवनमा बसेको प्याब्सन, एन–प्याब्सन र नेपाल प्याब्सनको संयुक्त बैठकले निजी विद्यालयका माग सम्बोधन नभएसम्म आन्दोलन चर्काउने चेतावनी दिएको छ । बैठकले भदौ १२ गते दिउँसो २ः३० बजे शिव मन्दिर प्राङ्गणमा जिल्लाभरिका संस्थापक तथा प्रिन्सिपलहरूलाई भेला गराई ३ बजे जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने र कोणसभा गर्ने निर्णय गरेको छ । 

सञ्चालक संघहरूले विद्यालय शिक्षा ऐनमा निजी क्षेत्रका माग समेट्न सरकारलाई आग्रह गर्दै माग बेवास्ता भए निजी विद्यालय बन्दसम्मको कठोर कदम चाल्न सक्ने चेतावनी दिएका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव