emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भूमि विधेयक फिर्ताको माग गर्दै जसपाद्वारा भारदहमा विरोध प्रदर्शन

source e-Madhesh २०८२ भाद्र ११ गते , बुधबार
0
Shares
23
Views
भूमि विधेयक फिर्ताको माग गर्दै जसपाद्वारा भारदहमा विरोध प्रदर्शन

भूपदेव माली 
राजविराज, ११ भाद्र ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि विधेयक फिर्ता गर्न माग गर्दै बुधबार सप्तरीको भारदह बजारमा विरोध प्रदर्शन गरेको छ । जसपा जिल्ला अध्यक्ष केदार यादवको नेतृत्वमा करिब २०० कार्यकर्ता सहभागी जुलुसले विभिन्न नाराबाजी गर्दै सहिद राजिव चौकमा विरोधसभा सम्पन्न गरेको हो ।
“उपनिवेशिक शासन अन्त्य गर”, “मधेसीलाई मधेसमै अल्पसंख्यक बनाउन पाइँदैन”, “भूमि विधेयक फिर्ता गर”, “उपेन्द्र यादव जिन्दाबाद” लगायतका नारासहितको जुलुसपछि भएको सभामा जसपा सप्तकोशी नगर अध्यक्ष हरेराम यादव, कञ्चनपुर नगर अध्यक्ष कल्पना चौधरी, निर्वाचन क्षेत्र नम्बर १ का अध्यक्ष हेमन्त बहरखेर, अग्निसायर कृष्णासवरण गाउँपालिका अध्यक्ष मिलन चौधरी, प्रदेश कमिटीका सल्लाहकार परशुराम यादव तथा जसपा केन्द्रीय सचिव शम्भु झालगायतले मन्तव्य राखे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता शम्भु झाले १५ वर्षअघिको गौर घटनामा तत्कालीन नेकपा (माओवादी) का नेता प्रभु शाहको संलग्नता रहेको आरोप लगाए । त्यस क्रममा उनले शाहले मधेसी जनसभा विथोल्ने उद्देश्यले आफ्ना कार्यकर्तालाई आक्रमणमा उक्साएको दाबी गरे ।
कार्यक्रम समापन गर्दै अध्यक्ष केदार यादवले भूमिसम्बन्धी विधेयकलाई जनघाती भन्दै जसपा नेपालले सरकारबाट समर्थन फिर्ता लिएपछि राजनीतिक हस्तक्षेपका मनसायले एमाले अध्यक्ष केपी शर्मा ओलीले गौर घटना काण्डमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजेको आरोप लगाए ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव