emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कंकालिनी माध्यमिक विद्यालय पोर्ताहामा चोरी 

source e-Madhesh २०८२ भाद्र ११ गते , बुधबार
0
Shares
32
Views
कंकालिनी माध्यमिक विद्यालय पोर्ताहामा चोरी 

भूपदेव माली,
राजविराज, ११ भाद्र । 
पोर्ताहाको कंकालिनी माध्यमिक विद्यालयमा चारवटा पङ्खा चोरी भएको छ। 
सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं ३ पोर्ताहा स्थित श्री कंकालिनी माध्यमिक विद्यालयको दक्षिण पूर्वको कुनामा टिनाको छाना भएको भवनका कक्षा ४, ५ र ८ का चारवटा पंखा चोरी भएको हो।
कक्षामा रहेका उक्त पंखाहरू गत फागुन महिना तिर आआफ्ना कक्षाका विद्यार्थीहरूले चन्दा संकलन गरी खरिद गरिएको विद्यालयका प्रधानाध्यापक रतनकुमार यादवले बताउनुभयो। 
उनले उक्त कक्षाहरूको झ्यालमा ग्रिल र चुकुल नभएकोले दिवाल नागेर झ्यालको बाटो भई भित्र छिरी पंखा चोरेर लगिएको बताउनुभयो। 
विद्यालयमा कार्यरत पाले उत्तरतिरको टिनाको छाप्रोमा सुत्ने भएकोले ९ बजे राति पश्चात उक्त पंखाहरु चोरी भएको विद्यालयमा कार्यरत पाले ओम नारायण यादवले बताए। उनले ०९ः०० बजेको समयमा राति म र हेडसरले जम्मै भवन कक्षाकोठाहरू अवलोकन गरी मात्र सुत्न गएकोले ०९ः०० बजेपछि मात्र चोरी भएको हुन सक्ने बताए।
विद्यालयका प्रधानाध्यापक एवं शिक्षकहरूले चोरी भएको उक्त पंखाहरूको खोज तलाश गर्न इलाका प्रहरी कार्यालय भारदहमा बिहान ०९ः००  बजेतिर  उजुरी निवेदन दिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव