emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेश प्रदेशको मन्त्री सिंहले विरामिहरुका समस्या बुझन अस्पतालमा 

source e-Madhesh २०८२ भाद्र ११ गते , बुधबार
0
Shares
43
Views
मधेश प्रदेशको मन्त्री सिंहले विरामिहरुका समस्या बुझन अस्पतालमा 

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, ११ भाद्र ।
मधेश प्रदेशका स्वास्थ तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले मधेश प्रदेशको विरगंज महानगरपालिकामा हाल देखिएको हैजा रोगको उपचारका लागि प्रदेशको प्रत्येक अस्पतालमा हैजा लगायत विभिन्न सरुवा रोगका सहज  उपचारका व्यवस्था मिलाउन स्वास्थ निर्देशनालय सपहि धनुषा,मधेश प्रदेश प्रमुख सरोज न्योपानेलाई निर्देश दिनुभएको छ। साथै मन्त्री सिंहले आफै सक्रिय भएर अस्पतालमा पुगेर विरामिहरुसँग भलाकुसारी गरेपछि विरामिहरुमा आत्म बल बढेका छन् । मो. सकुर मिया भन्नुहुन्छ मन्त्रीले एकदमै राम्रो  कार्य गरिरहनु भएको छ । उहाँले जनताको यस्तो  समस्यामा हातोमालो गरि समाधान गरिरहेको छ । मन्त्री सिंह संगै स्वास्थ निर्दशनालयको प्रमुख सरोज राउत पनि  प्रदेशको आठै जिल्लामा रहेका अस्पतालहरुमा अनुगमन गर्ने अभियानमा हुनुहुन्छ । साथै मन्त्री सिंहले उपचारमा कुनै किसिमको समस्या एवं  त्रुटि नहोस भन्ने उदेश्यले मातहतका सम्पूर्ण निकायलाई नर्देशन दिनुभएको  जनाउनु भयो । जनताका समस्यालाई नजिक बाट हेरेर दुखमा अभिभावकको भुमिका निर्वाह गरेपछि मन्त्री सिंह अहिले चर्चामा आएको छ र सरुवा रोगलाइ नियन्त्रण गरि जनतालाई असल सरकारको अनुभुती गराएकोले यतिवेला गृह जिल्ला सिरहा लगायत प्रदेशमा चर्चामा आएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार