emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

इम्बोस्ड नम्बर प्लेट अनिवार्यतामा सार्वजनिक यातायात महासंघको विरोध

source e-Madhesh २०८२ भाद्र ९ गते , सोमबार
0
Shares
25
Views
इम्बोस्ड नम्बर प्लेट अनिवार्यतामा सार्वजनिक यातायात महासंघको विरोध

ईमधेश न्युज सम्वाददाता,
काठमाडौं, ०९ भाद्र ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सवारी साधनमा हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने निर्णय गरेको भन्दै सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले तीव्र आपत्ति जनाएको छ ।
विभागले मिति २०६२ साल भदौ १ गतेदेखि सार्वजनिक, पर्यटक, ढुवानी तथा निजी सवारीसाधनमा समेत इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सूचना जारी गरेपछि महासंघले विज्ञप्ति प्रकाशित गर्दै यसलाई “व्यावसायिक हितविपरीत र अव्यवहारिक” निर्णय भनेको हो ।
महासंघका अनुसार पूर्वाधारविहीन अवस्थामा विदेशी प्रविधि आयात गरेर ग्राम–नागरिक र व्यवसाय क्षेत्रमा अनावश्यक आर्थिक बोझ थपिएको छ । साथै विदेशी ठेकेदार कम्पनीमार्फत लागू गर्न लागिएको यो प्रणालीले राष्ट्रिय स्वाभिमान, गोपनीयता र सुरक्षामा गम्भीर असर पार्ने ठहर महासंघको छ ।
विज्ञप्तिमा भनिएको छ, “नेपालको पाण्डुलिपि र नेपाली भाषालाई असर पार्ने गरी ल्याइएको यो निर्णयले सम्पूर्ण व्यक्तिगत विवरण विदेशी कम्पनीको नियन्त्रणमा पु¥याउने खतरा छ ।”
महासंघले सरोकारवालाबीच पर्याप्त छलफल, संशोधन र सुधार नगरी सरकारले यो योजना जबरजस्ती कार्यान्वयन गर्न खोजेमा त्यसबाट उत्पन्न हुने परिस्थिति र विरोधका गतिविधिप्रति यातायात मन्त्रालय नै जिम्मेवार हुने चेतावनी पनि दिएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव