emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

तिज अन द वालमा महिलाको साहसिक आरोहण, संस्कृतिसँगै खेल प्रवद्र्धन

source e-Madhesh २०८२ भाद्र ९ गते , सोमबार
0
Shares
35
Views
तिज अन द वालमा महिलाको साहसिक आरोहण, संस्कृतिसँगै खेल प्रवद्र्धन

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०९ भाद्र ।
 सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा नेपाल र तिब्बतबाट सफल आरोहण गरी विश्वकिर्तिमान राखिसकेकी आरोही कल्पना महर्जनको अगुवाइमा ‘तिज अन द वाल’ (स्पोर्ट क्लाइम्बिङ) कार्यक्रम सम्पन्न भएको छ ।
हरेक वर्ष नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा आयोजित यस कार्यक्रमलाई यसपटक “संस्कृति र साहस सँगसँगै” भन्ने नारासहित आयोजना गरिएको हो । राजधानीको धुम्बाराहीस्थित पासाङ ल्हामु स्पोट्र्स क्लाइम्बिङ भित्तामा सम्पन्न कार्यक्रममा नेपाली सेनाकी महिला जवानहरू र दुई पाड.ग्रे क्विनका सदस्यहरू समेत सहभागी बनेका थिए ।
साहसिक खेल स्पोर्ट क्लाइम्बिङको प्रवद्र्धन गर्ने उद्देश्यसहित हरेक वर्ष महिला सहभागिता सुनिश्चित गर्दै आएको आयोजक संस्थाले जानकारी दिएको छ । महर्जनले सहभागी महिलाहरुलाई क्लाइम्बिङ अभ्यास समेत गराएकी थिइन् ।
तिजलाई फरक ढंगले मनाउने उद्देश्यले सुरु गरिएको कार्यक्रममार्फत ‘भगवान शिवलाई पाउन पार्वती माताले गरेको कठिन तपस्याबाट जस्तै लक्ष्य प्राप्त गर्न कठोर संघर्ष आवश्यक हुन्छ’ भन्ने सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम माउण्टेन एडभेन्चर स्पोट्र्स एकेडेमी, उपत्यका विशेष समिति र स्पोट्र्स क्लाइम्बिङ बागमती प्रदेशको सहकार्यमा सम्पन्न भएको हो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव