emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जसपा नेपालद्वारा भारदह बजारमा विरोध सभा

source e-Madhesh २०८२ भाद्र ७ गते , शनिबार
0
Shares
32
Views
जसपा नेपालद्वारा भारदह बजारमा विरोध सभा

भूपदे माली भदौ ७ गते सप्तरी। जनता समाजवादी पार्टी नेपाल हनुमाननगर कंकालिनी नगरपालिका नगर समितिले सप्तरीको भारदह बजारमा विरोध सभा सम्पन्न गरेको छ। शनिबार गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु शाहलाई -कारबाही गर !लाल आयोगको प्रतिवेदन- सार्वजनिक गर! खिलराज रेग्मीको प्रतिवेदन- सार्वजनिक गर !राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन- सार्वजनिक गर! संयुक्त राष्ट्र संघीय प्रतिवेदन- सार्वजनिक गर! मधेसी एकता- जिन्दाबाद !केपी शर्मा ओली- मुर्दाबाद ! नाराका साथ ह. कं. नपा वडा नम्बर ३ स्थित हनुमान मन्दिरको प्राङ्गणमा विरोध सभा सम्पन्न गरेको हो। नगर समितिका अध्यक्ष कृष कुमार यादवको अध्यक्षता एवं जसपा नेपालको केन्द्रीय सदस्य जगदेव यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य एवं सल्लाहकार श्यामदेव यादव,जि. सहसचिव रामेश्वर कौडिया यादव, जिल्ला सदस्य हेम नारायण भदेशवार यादव, वडा नं १ का अध्यक्ष गजेन्द्र माझी, प्रमोद यादव, वडा नम्बर ३ का वडा अध्यक्ष विजयकुमार, यादव जिल्ला सदस्य अर्जुन यादव, जिल्ला महिला सदस्य चन्द्रकाला यादव, वडा नम्बर ३ का महिला सदस्य परिसमैन सदा, वडा सदस्य मोहम्मद युनुस लगायतका उपस्थिति रहेको थियो। सम्पन्न कार्यक्रममा 'गौर घटनाको मुख्य योजनाकार तत्कालीन माओवादीका नेता प्रभु शाह रहेको' भन्दै , गौर स्थित राइस मिलको मैदानमा तत्कालीन मधेसी जनाधिकार फोरम नेपालको जनसभा १५ दिन आगामी निर्धारित भएपश्चात् केही दिनपछि उक्त सभालाई बिथोल्न तत्कालीन नेकपा माओवादीका नेता प्रभु साहले आफ्नो पार्टीको जनसभा पनि सोही स्थानमा आयोजन गरी त्रिशुलीबाट छापामार शनिहरूलाई ल्याएर मधेसी जनतामाथि आक्रमण गर्न लगाएकोले प्रतिवादको रूपमा उक्त घटना सिर्जित भएको वक्ताहरूले मन्तव्यमा राखेका थिए। यस्तै जसपा नेपालले नेपाल सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकको विरोध गर्दै सरकारबाट समर्थन फिर्ता लिएपछि राजनीतिक हस्तक्षेप गर्ने मनसायले केपी शर्मा ओलीले गौर घटना काण्डमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई सर्वोच्च अदालतद्वारा परमादेश जारी गर्न लगाएको आरोप लगाउँदै कार्यक्रममा सहभागी केही नेता एवं कार्यकर्ताहरूले आआफ्ना मन्तव्य राखेका थिए। रामानन्द यादवले कार्यक्रम सञ्चालन गरिएको कार्यक्रममा सञ्जय करुडिया यादव, परशुराम यादव, कोसलेन्द्र यादव, श्यामदेव यादव ,जगदेव यादव ,गजेन्द्र माझी लगायतका वक्ताहरुले धारणा व्यक्त गरेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव