ई-मधेश न्युज
लक्ष्मीपुर पतारी गापा कार्यालय अगाडिमा नेता कार्यकर्ताहरुद्वारा धर्ना
लक्ष्मीपुर पतारी ६/ सिरहाकाे लक्ष्मीपुर पतारी गाउँपालिका आगाडी नेपाल कम्युनिस्ट पार्टी एमाले लक्ष्मीपुर पतारी कमिटिद्वारा विहिबार शान्तिपूर्ण जुलुसका साथ बजार परिक्रमा गरेर काेण सभा गरेका थिए। आज दास्राे दिन शुक्रबार नेकपा नेता कार्यकर्ताहरु विहान ९ बजे देखि ३ बजेसम्म धर्नामा बसेका थिए । यश सम्बन्धमा पार्टीका गापाईन्चार्ज देवनारायण साह भन्नुहुन्छ हामिले जनभावना अनुसार कानुन बमोजिम सूचनाको हक पटकपटक माँग गरेपनि दिन नचहेपछि बाध्य भएर पुनः विहिवार देखिन चरण बध्य आन्दोलन गर्नु परेकाे जनाउनु भयो । यस सम्बन्धि हामीले संघीय सांसद गंगा प्रसाद यादबसंग राखेको जिज्ञासा गापाले जनतालाई सूचना किन दिदैन कानुन बमोजिमको अधिकार लिनलाई लाेकतान्त्रिक गणतन्त्रमा आन्दोलन गर्नुपर्ने किन हाेला ? वहाँले प्रष्टरुपमा भन्नुभयो "आम जनताको अधिकार नदिनु भनेको निरंकुशता वादी चरित्र हाे" त्यस्तै स्थानीय नेता ब्रहम देव यादव ,गिता देवी चाैधरी,रामवलप साह,नवीन गुप्ता,जगत साह,अशाेक मण्डल लगायतका नेता कार्यकर्ताहरुएकै स्वरमा भन्छन् हाम्राे माँग पूरा नभए सम्म आन्दोलन जारि रहने जनाउनु भयो । गापा अध्यक्षले माैखितरुपमा प्रस्तुत हुनआएपछि हामीले लिखितरुपमा ठाेस अधारकाे साथ आउन अनुरोध गरेकाे कुरा स्थानीय वडा नं ५ काे वडा अध्यक्ष नेता ब्रहमदेव यादवले जानकारी गराउनुभएकाे छ ।