emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेशमा एसईईमा ७२% नन–ग्रेडेड, खुश्बु ओलीद्वारा ‘शैक्षिक आपतकाल’ घोषणा गर्न माग

source e-Madhesh २०८२ भाद्र ६ गते , शुक्रबार
0
Shares
42
Views
मधेशमा एसईईमा ७२% नन–ग्रेडेड, खुश्बु ओलीद्वारा ‘शैक्षिक आपतकाल’ घोषणा गर्न माग

लिलाकान्त यादव,
जनकपुर, ०६ भाद्र ।
 यस वर्षको माध्यमिक शिक्षा परीक्षा (क्भ्भ्) परिणामले मधेश प्रदेशमा गम्भीर शैक्षिक संकट उजागर गरेको छ। राष्ट्रिय स्तरमा ६२% विद्यार्थी पास हुँदा मधेशमा मात्र २८% विद्यार्थी उत्तीर्ण भएका छन्। कुल ५९ हजार ७४९ परीक्षार्थीमध्ये ४२ हजार ७७९ (७२%) विद्यार्थी नन–ग्रेडेड भएका छन्।
यही पृष्ठभूमिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य तथा प्रशिक्षण विभागकी उपप्रमुख खुश्बु ओलीले सोमबार मुख्यमन्त्रीलाई भेटी विस्तृत ज्ञापनपत्र बुझाउँदै ‘शैक्षिक आपतकाल’ घोषणा गर्न माग गरेकी छन्।
ज्ञापनपत्रमा विद्यालयस्तरमै असफल विद्यार्थीको पहिचान गरी ब्रिज क्लास सञ्चालन गर्ने, शिक्षक तालिम तथा मूल्याङ्कन प्रणालीमा सुधार ल्याउने, विद्यालय व्यवस्थापनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने लगायतका सुझावहरू समावेश छन्। साथै, विद्यार्थीलाई करिअर मार्गदर्शन, मानसिक सशक्तिकरण र प्रेरणा कार्यक्रम अनिवार्य गर्नुपर्ने प्रस्ताव राखिएको छ।
खुश्बु ओलीले भनिन्, “शिक्षा केवल व्यक्तिगत अवसर होइन, संविधानले सुनिश्चित गरेको मौलिक अधिकार हो। करिब ४३ हजार विद्यार्थीहरूको भविष्य अन्धकारमा पर्न नदिन सरकार तुरुन्तै निर्णायक कदम चाल्नुपर्छ।”
प्रदेशमा शैक्षिक असमानता बढ्दै गएको भन्दै उनले यो अवस्थामा मौन बस्नु सम्पूर्ण पुस्ताको भविष्यसँग खेलवाड गर्नु सरह हुने चेतावनी दिइन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव