emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

गौर घटनाबारे निष्पक्ष छानबिनको माग, उपनिर्वाचनमा रेशम चौधरीलाई उम्मेदवार

source e-Madhesh २०८२ भाद्र ५ गते , बिहीबार
0
Shares
26
Views
गौर घटनाबारे निष्पक्ष छानबिनको माग, उपनिर्वाचनमा रेशम चौधरीलाई उम्मेदवार

लिलाकान्त यादव,
काठमाडौं, ०५ भाद्र ।
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बुधबार जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा पार्टी कार्यालय थापागाउँमा सम्पन्न भएको छ। बैठकले दुई महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ।
बैठकले २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको घटनाबारे सर्वोच्च अदालतले हालसालै दिएको परमादेशप्रति ध्यानाकर्षण भएको जनाएको छ। मोर्चाले उक्त छानबिन सफा नियत, तटस्थता, कानूनसम्मत र सबैलाई दायरामा ल्याएर हुने हो भने आपत्ति नहुने तर राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा हुने कुनै पनि कारबाहीलाई विरोध गर्ने चेतावनी दिएको छ। गौर घटनासम्बन्धी ललितपुर पुनरावेदन अदालतका न्यायाधीश हरिप्रसाद घिमिरे नेतृत्वको छानबिन आयोग र सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश खिलराज रेग्मी नेतृत्वको आयोगको प्रतिवेदन अझै सार्वजनिक नभएको मोर्चाले स्मरण गराएको छ। साथै राष्ट्रिय मानव अधिकार आयोगले तथ्यगत रूपमा पहिल्याइसकेको निष्कर्षलाई आधार मानेर मात्रै छानबिन गर्नुपर्ने मोर्चाको भनाइ छ।
यस्तै बैठकले रूपन्देही क्षेत्र नं. ३ मा हुन लागेको उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सो निर्वाचन प्रचारप्रसार र परिचालनको जिम्मेवारी मोर्चाको सचिवालयलाई दिने निर्णय पनि बैठकले गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव