emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

गापा अधिकृतकाे रबैयाप्रति चाैतर्फि विवाद ,सूचना दिन आलटाल गरेपछि पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञप्ति जारी

source e-Madhesh २०८२ भाद्र ४ गते , बुधबार
3
Shares
54
Views
गापा अधिकृतकाे रबैयाप्रति चाैतर्फि विवाद ,सूचना दिन आलटाल गरेपछि पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञप्ति जारी

लक्ष्मीपुर पतारी भदौ ४ /सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाकाे कार्यालय प्रमुख अशोक कुमार सिंह मनपरि तवरले आर्थिक वर्ष २०८१/०८२ मा संचाल तर्फ करिब १२ कराेड भन्दा बढी रकम राखेर कागजी विलभर्पाइ मिलान गरी गापालाई कमिसनको अडा बनाएर लखाैं अनियमितता गरेकाे कारण हामीले नेकपा एमाले गापा स्तरीय पार्टीको वैठक गरि लिखितरुपमा गापामा विगत तिन वर्षदेखि हाल सम्म निरन्तर संघर्ष गर्दै कानुन बमोजिम सूचना माँग गर्दै आएपनि हालसम्म सूचना उपलब्ध नगराउनुकाे कारण यस गापामा अधिकृत सिंहले व्यापक भ्रष्टाचार गरेको आराेप लगाउँदै भदाै पाँच गते विहिबार गापामा नेकपा कार्यकर्ताहरुद्वारा शान्तिपूर्ण प्रदर्शन र ६ गतेदेखि अनिश्चितकालीन सम्म अनसन एवं धर्नामा बस्ने नेकपा नेता देवनारायण साह, रामवलप साह,जगत प्रसाद साह,ब्रहमदेव यादव,गिता चाैधरी लगायत दर्जनौं नेता कार्यकर्ताहरुले आज पत्रकार सम्मेलन गरि प्रेस विज्ञप्ति जारि गरेको छ । गापाका निवर्तमान गापा अध्यक्ष रामवलप साह भन्नुहुन्छ अशाेक सिंह विभिन्न शिर्षकमा रकम निकासा गरेपनि काम गरेको देखिदैन वडा कार्यालय,स्वास्थ चाैकीमा डिजिटल हाजरी सिसी क्यामरा,ईन्भर्टर,ब्याट्री लक्ष्मीपुर हाटबजारमा सिसि क्यामरा जडान,ल्यपटप,कम्प्युटर खरिद जस्ता विषयमा शिर्षक वाईज दश दश लाख रकम गरि करिव ४५/५० लाख निकासा गरेपनि हालसम्म कतै लागेको छैन नत कुनै कार्यालयमा समान छ । रकम स्वाहा गरेको जनाउनु भयो । भने गापा भित्रका सरकारी स्कुलकालागि १० लाखकाे फर्निचर किनेकाे रकम निकालेको छ तर कुनैपनि स्कुलमा फर्निचर दिएको थिएन व्यापक जनगुनासाे भएपछि वडा नं २ स्थित श्री जनता डाेमी माविमा १५ थान गुणस्तर हिन बेन्च डेक्स पठाएको छ । र वडा नं ४ मा मात्र सिसि क्यामरा रातिराती लगाएपछि स्थानीय वासिन्दाहरु अधिकृतकाे रबैया प्रति आक्राेशित भएका छन् । समान जडान नगरेर कसरि पैसा निकासा गरेकाे छ ? याे ब्रहमलुट गरेको जस्तो देखिन्छ । त्यस्तै स्थानीय नेकपा नेता जगत प्रसाद साह भन्नुहुन्छ यहाँ करिब करोडौंको रकम बराबरको दर्जनौं कार्यक्रमहरु विभिन्न गैर संघसंस्था मार्फत पेपर र तस्बिर लिएर कमिसनकाे सेटिङमा समाजिक विकास शाखा प्रमुख राजेन्द्र राउत र अधिकृत अशाेक सिंहको मिलाेमताेमा पेपरमा कार्यक्रम देखाएर कमिसनको लाेभमा उदेश्य हिन, जनताको लाभ नहुने कार्यक्रमहरु करिब एकमहिनाकाे भित्रमा गरेर लाखौं रकम स्वाहा गरेका छन् । स्थानीय नेता प्रमाेद सिंह भन्नुहुन्छ ईन्धनमा ६० लाख,गाडी मर्मत वापत २५ लाख,गाडी भाडा वापत ४५ लाख रकम खर्च गरेको देखिन्छ, जवकी गाउँ पालिकामा एउटा स्कार्पि आफै रहेको छ, यतिकाे रकम अधिकृत अशाेक सिंहले हजम गरे पनि सराेकार वला निकाय हालसम्म सत्य तथ्य किन खाेजविन गर्दैन ? हामीले विगत तिन वर्ष देखि सूचनाको हक प्रयाेग गरि हरहिंसाब माँग गर्दा दिन मान्दै गत महिना गापाकाे कार्यालयमा तालाबन्दी भएपछि १५ दिनकाे समय लियाे तर साे समयमा सूचना दिनुभएन पुनः ४ दिन समय लियाे दिनुभएन अन्तमा गापा अध्यक्ष चतुरानन्द ठाकुले १० दश दिनकाे पुनः समय माँग गरेपछि हामी बाध्य भएर भदौ पाँच गतेदेखि शान्तिपूर्ण आन्दोलन गर्ने निर्णयमा पुगेका छाैं । स्थानीय नेता राजेश साह सुडि भन्नुहुन्छ सूचना पटकपटक माँगेपनि गापाले सूचना नदिनुकाे कारण व्यापक भ्रष्टाचार गरेकाे महसुस भएको जस्तो छ । सराेकारवला निकाय किन माैन छ ? नेपाली काग्रेस सिरहा क्षेत्र नं १ काे सचिव नेता शरणदेव यादव गत महिना एक अन्तरवार्तामा भन्नुभयो अधिकृत आशाेक सिंह जस्तो भ्रष्ट,निच सायदै हाेला जुनठाउँमा गएको छ कमिसनकाे जाल बुन्दै कमिसनको अड्डा बनाउदै। स्थानीय नेता विच द्वन्द शिर्जना गरेर आफु फाइदा लिनेगरेकाे छ । स्थानीय नेता अशाेक मंण्डल भन्नुहुन्छ जिन्सी शाखासँग पटकपटक समान किनेकाे विवरण माँगगर्दा दिदैन, कार्यालयमा उपस्थित हुदैन,स्टाेरमा समान छैन तर पेपरमा समान छ । अन्जनी जी कहिले काहिँ विरलै कार्यालयमा भेटदा समान कहाँ छ ? देखाउन भनेपछि कार्यलयमा हप्तौं दिन फेरी आउदैन धेरैजसो समानकाे विल भर्पाई मात्र छ । समान छैन । सराेकारवला निकाय माैन किन ? आश्चर्यकाे कुरात याे हाे सिंह जुन गापामा गएपनि यहि राताे स्कार्पि चढ्ने गर्छ । आफ्नो कार्यकक्षमा ठूलाे एलईडी राखेर कमिसनको सेटिङमा डकुमेन्ट्री/ डिपि.आर बनाएर लटकचटक देखाई गापााई कमिसनको अड्डा बनाएको आराेप लगाएको छ । यस सम्बन्धमा पटकपटक सिंहलाई फाेन गर्दा सम्पर्क भएन जिन्सी शाखा प्रमुख अंजनि चाैधरीलाई फाेन गर्दा फाेन उठाउदैन । स्थानीयहरु भन्नुहुन्छ गाउँ सभापनि बहुमतकाे आडमा गरेको छ, दरबन्दीकाे ईन्जिनियर अमन पाेखरेल हुदाहुदै करारमा दुईवटा इन्जिनियर क्रमश राेशन चाैधरी र रामरतन यादव भर्ति गरि १ देखि ६ वडामा माटाे र ग्रावेलकाे नाममा बाटो मरमतका नाममा व्यापक भ्रष्टाचार गरेको जस्तो छ । गापा पुरै लथालिङ्ग,मनाेपाेली अस्थामा छ । कानुनी राज्यमा कानुन बमाेजिमकाे अधिकार माँग्दा गापा किन दिनमान्दैन यस भित्र धेरै कुरा सेटिङ हुनसक्ने जनगुणासाे व्यापक रहेका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव